जनकपुरधाम, २ पुस । भागवान राम र माता सीताको विवाह भएको दिनको सम्झनामा प्रत्येक बर्ष जनकपुरधाममा विवाहपञ्चमीको महोत्सव धुमधामका साथ मनाइने गरिएको भएतापनि उक्त उत्सव हेर्न आउने श्रद्धालुभक्तजनहरुको बस्नका निमित्त उचित प्रबन्ध नहुँदा खुला अकाशमुनी रात काट्नु परेका छन् ।
आयोजक समितिले साताव्यापी रुपमा मनाउने सीताराम विवाहपञ्चमीको तयारी महिनौ दिन लगाएर गर्ने गरिन्छ तर उक्त महोसत्वलाई हेर्न आउने नेपाली तथा भारतीय तिर्थालु एवं श्रद्धालु भक्तजनहरुका निमित्त बास बस्ने उचित रुपमा प्रबन्ध नमिलाउदा उनीहरु पुस महिनाको चिसोमा खुला आकाश मुनी रात काट्नु बाध्य भएका हुन् ।
राम मन्दिर, जानकी मन्दिर, संकट मोचन मन्दिरलगायत यहाँका विभिन्न मठ मन्दिरहरुमा भक्तजनहरुले खुला आकाश मुनी रात गुजारेर विवाहपञ्चमीमा सरिक भए । भारत तथा नेपालकै आन्तरिक भक्तजनहरुको अधिक चापले गर्दा जनकपुरधाम स्थित होटेल, लज, धर्मशालालगायतका स्थानहरुसमेत खचाखच भरिएको छ । लाखौँ भक्तजनहरुका लागि सरोकारवालले विश्रामस्थलको व्यवस्थापन र शौचालयको समुचित प्रबन्ध नहुँदा विगत झैँ समस्या उत्पन्न भएको एक भक्तजनहरुले गुनासो गरे ।
भारतको दरभंगाबाट आएका सुनिलप्रसाह कलवारका अनुसार माता सीताको विवाह हेर्नका लागि स–परिवार आएर जसोतसो दर्शन सम्भव भए पनि विश्रामस्थल र शौचालयमा निकै कठिनाई भोग्नु परेको पीडा सुनाए । विवाहपञ्चमी लक्षित विभिन्न संघसंस्थाले सामाजिक कार्यमा लागे पनि शौचालय र बसोबास व्यवस्थापनमा कसैले ध्यान नदिँदा यस्ता समस्याहरु हरेक वर्षमा आउने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने किसन मण्डलले बताए ।
यता जनकपुरधाम उपमहानगरपालिकाले बाह्रविघा रंगभुमि मैदानमा शौचालय र विश्रामस्थलको व्यवस्था गरेको जनाए । तीर्थालुहरुको बसोबास र शौचालय व्यवस्थापनमा गत वर्षहरुमा पनि चासो लिइएको थिएन् । जनकपुरधाम उपमहानगरपालिकाका उपनगरप्रमुख किशोरी साहले तीर्थालुहरुको सहज व्यवस्थापन तर्फ गम्भीररुपमा ध्यान दिएको र विश्राम स्थलदेखि शौचालय व्यवस्थापनमा यस वर्ष हरेक सार्वजनिक शौचालयहरुलाई निःशुल्क गरिएको बताए ।
यस समस्यालाई संघीय सरकार, मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका लगायतका सरोकारवाला संघसंस्थाले गम्भीररुपमा नलिँदा विवाहपञ्चमी समापनसँगै जनकपुरधाम क्षेत्र नै फोहोर र दुर्गन्धितको डुंगुरमा परिणत हुने गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन