नयाँ दिल्ली, एजेन्सी । अण्डरवल्र्ड डन दाउद इब्राहिम विमारी भएर कराँचीको अस्पतालमा भर्ना भएको मिडिया रिपोर्टमा समाचार उल्लेख गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार भारतमा मोष्टवाण्टेड रहेका अण्डरवल्र्ड डन इब्राहिम पाकिस्तानमा बसेर आफनो गतिविधि संचालन गर्दै आएका थिए सोही क्रममा उनलाई बिष खुवाइएको आशंकामा कराँची अस्पतालमा भर्ना गरिएको भएपनि आधिकारीक रुपमा पुष्टि गरिएको छैनन् ।
इब्राहिम दुई दिन देखि अस्पतालमा भर्ना रहेको छन । उनलाई कडा सुरक्षा घेरामा राखिएको बताइएको छ । इन्डिया टुडेको रिपोर्टका अनुसार अस्पतालमा दाउदलाई राखिएको बेडमा अरु कुनै विरामीलाई राखिएको छैनन् ।
उनको परिवारका सदस्यहरू मात्र त्यहाँ जान इजाजत रहेको छ । मुम्बई प्रहरीले पनि यस विषयमा सुक्ष्म निगरानी राखेको छ । मुम्बईमा रहेका दाउदका आफन्तहरूबाट जानकारी सङ्कलन गर्ने प्रयास भइरहेको छ ।
यद्यपि, केन्द्रीय अनुसन्धान एजेन्सीका एक अधिकारीले दैनिक भास्करलाई दाउदलाई विष खुवाइएको खबर धेरै हदसम्म अफवाह हुनसक्ने बताए । दाउदको सुरक्षा यति बलियो छ कि कुनै पनि व्यक्तिलाई उनीसम्म पुग्न कम्तिमा १५० मानिसलाई पार गर्नुपर्ने हुन्छ ।
दाउद इब्राहिम भारतको मोस्ट वान्टेड आतंकवादी हुन् । गत वर्ष उनीमाथि पुरस्कार रकमको सूची जारी गरेको थियो । त्यसमा दाउदमाथि २५ लाख रुपैयाँ इनाम राखिएको छ । संयुक्त राष्ट्र संघले पनि दाउदलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सन् २००३ मा दाउद इब्राहिममाथि २५ मिलियन डलरको इनाम राखेको थियो । उनीविरुद्ध विभिन्न राष्ट्रिय एजेन्सीहरूले सम्पत्ति शुद्धीकरण मुद्दा र हतियार तस्करी मुद्दालगायत थुप्रै मुद्दा दायर गरेका छन् ।
उनले सन् १९७० मा सिन्डिकेट डी–कम्पनी गठन गरेका थिए । दाउद इब्राहिम माथि सन् १९९३ मा मुम्बईमा बम विस्फोट गराएको आरोप पनि छ । उक्त ब्लाष्टमा २५७ जनाको ज्यान गएको थियो भने ७०० जना घाइते भएका थिए ।
उनीमाथि हत्या, जबरजस्ती असुली, टारगेट किलिङ, लागुऔषध ओसारपसारको आरोप पनि छ । उनी हाल पाकिस्तानको कराँचीमा बस्दै आएको बताइएको छ तर पाकिस्तान सरकारले यसलाई अस्वीकार गर्दै आएको छ । जनवरीमा दाउदकी बहिनी हसिना पार्करले पाकिस्तानी मिडिया हाउस द न्यूज इन्टरनेशनललाई दाउद कराचीमा रहेको र दोस्रो पटक विवाह गरेको बताएकी थिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन