गाजा, एजेन्सी । इजरायली सेनाले हमास विद्रोहीहरुले बनाएको सबैभन्दा ठूलो सुरुङ फेला पारेको जनाएको छ ।
इजरायली सेना (आईडीएफले) ले यो सुरुङ चार किलोमिटर (२.५ माइल) फैलिएको दाबी गरेको हो । आईडीएफले ट्वीटरमा एउटा भिडियो साझा गर्दै लेखेको छ, ‘सुरङ प्रवेश इरेज क्रसिङबाट मात्र ४०० मिटर (१,३१० फिट) पर छ । इरेज क्रसिङ मार्फत गाजाका मानिसहरू काम गर्न र इजरायली अस्पतालहरूमा उपचार गर्न इजरायल जान्छन् । गाजाका मानिसहरूले यसलाई हरेक दिन प्रयोग गर्छन् ।
यसअघि शुक्रबार इजरायली सेनाले गाजामा जारी अपरेशनका क्रममा आफ्ना तीनजना नागरिकलाई गल्तीले गोली हान्दा मृत्यु भएको थियो ।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा अहिलेसम्म १८ हजार भन्दा बढी मानिस मारिएको र हजारौँ घरबारविहीन भएको बताएको छ । इजरायलले हमासविरुद्ध भारी बमबारी र भूमिगत सैन्य कारबाही गरिरहेको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन