जनकपुरधाम, ५ पुस । जनकपुरधामको तिरहुतिया गाछीमा आज देखि दुई दिन सम्म चल्ने नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन सुरु हुदैछ ।
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पहिलो मधेश सम्मेलनको उदघाटन गर्ने कार्यक्रम तय गरिएको हो । उदघाटन गर्न पार्टी सभापति साढे ११ बजे सम्म जनकपुरधाम आइपुग्ने निर्धारित कार्यक्रम रहेको नेपाली काँग्रेस मधेश प्रदेश प्रथम सम्मेलन प्रचार प्रसार उप समितिका संयोजक निकेश त्रिपाठीले जानकारी दिए ।
सम्मेलनमा नेपाली काँग्रेसका सभापति बाहेक महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य लगायतका शिर्ष नेताहरुको उपस्थिति हुने जानकारी दिदै संयोजक त्रिपाठीले केही संचारमाध्यमबाट डा. शेखर कोइराला उपस्थित नहुने भनिरहदा पनि उनलाई पनि कार्यक्रममा निमन्त्रणमा गरिएको हुँदा आउनु हुने विश्वास रहेको बताए ।
नेपाली काँग्रेस भनेको प्रजातान्त्रिक पार्टी हो, कसैलाई चित्त नबुझे बोल्ने अधिकार छ अन्य पार्टी जस्तो छैनन् पार्टीको विरुद्धमा बोल्नेहरुलाई पाखा लगाइन्छ, त्यसैले नेपाली काँग्रेस संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ अभिव्यत्ति स्वतन्त्राको पक्षमा खुलेर ओकालत गर्ने गरिन्छ, यसबाट पार्टी भित्रको लोतान्त्रिक प्रवृति कतिको हो झल्किन्छ ।
मधेश प्रदेशको आठै जिल्लाबाट हजारौं नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरु अहिले केही वेरमा जनकपुरधामको प्रसिद्ध तिरहुतिया गाछीमा भेला हुने र भव्य रुपमा पहिलो मधेश प्रदेश सम्मेलनबाट देशमा संघिय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने कुतत्वहरुलाई पाखा लगाउनमा मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
भोली अर्थात पुस ६ गते शुक्रवारका दिन बन्द सत्र संचालन हुनेछ । जसमा प्रदेशबाट ८२५ जना प्रतिनिधिहरु सहभागी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको स्वकीय सचिव समेत रहनु भएका त्रिपाठीले जानकारी दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट