जनकपुरधाम, ६ पुस । नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको शुक्रवार दोश्रो दिन साँगठनिक र राजनीतिक प्रतिवेदन पेस गर्दै बन्द सत्र सुरु भएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा आज विहानबाट सुरु भएको बन्द सत्रमा प्रदेश सभापति तथा मधेश प्रदेश सरकारको भौतिक विकास पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवले साँगठनिक र राजनीतिक प्रतिवेदन पेस गर्दा बन्द सत्र सुरु भएको महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले जानकारी दिए ।
यसैगरी सोही बन्द सत्रमा कोषाध्यक्ष प्रदीप यादवले पेस गरेको आर्थिक प्रतिवेदनलाई सर्वसहमतीबाट पारित गरिएको तथा बन्द सत्रमा मधेश प्रदेशका ८ जिल्लाबाट ८ सय २५ जना प्रतिनिधिहरुको सहभागिता रहेको नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागका प्रमुख नितिशकुमार गुप्ताले बताए । बन्द सत्र आज साँझ सम्म चल्ने र भोली विहान पत्रकार सम्मेलन गरेर पहिलो सम्मेलन सकिने उनले जानकारी दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट