धनुषा, ६ पुस । प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको विषयलाई लिएर धनुषाको हंसपुर नगरपालिका स्थित इलाका प्रहरी कार्यालयमा तनाव उत्पन्न भएको छ ।
लेनदेनको विषयमा विहिवार राति दुई पक्ष विच झड्प हुँदा इलाका प्रहरी कार्यालय हंसपुरले स्थानीय ४५ बर्षिय दिपनारायण मण्डललाई नियन्त्रणमा लिएका थिए तर प्रहरी हिरासतमा यातनाको कारण अवस्था विग्रदै जाँदा उपचारको लागि मधेश प्रदेश स्वास्थ्य प्रतिष्ठान जनकपुरधाममा उपचारको क्रममा राति नै मृत्यु भएपछि स्थानीयहरु प्रहरी विरुद्ध उग्र बनेको थियो ।
इलाका प्रहरी कार्यालय हंसपुरमा आगजनी गर्न खोज्दा प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरे । हवाई फायरको क्रममा स्थानीय शंकर मण्डल घाईते भएको बताइएको छ । मण्डलको हातमा गोली लागेपछि निजको उपचार जनकपुरमा भईरहेको जानकारी दिदै धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी रञ्जन आलेले घटना सम्बन्धनमा आवश्यक अनुसन्धान भईरहेको हुँदा सर्वसाधारण जनताहरुलाई धर्य राख्न आग्रह गरेका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट