नेपाल अर्थोपेडिक संघ मधेश च्याप्टरको अध्यक्षमा राजेन्द्रप्रसाद साह चयन

   २५ श्रावण २०७८, सोमबार १६:२९  

तराई टप संवाददाता
जनकपुर, २५ साउन । नेपाल अर्थोपेडिक संघ प्रदेश २ को डा. राजेन्द्र प्रसाद साहको अध्यक्षतामा मधेश च्याप्टर गठन गरिएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. रामकेवलप्रसाद साहको सभापितत्वमा जनकपुरको सिता प्यालेसमा सम्पन्न भेलाले अर्थोपेडिक संघ मधेश च्याप्टर प्रदेश २ साहको अध्यक्षतामा गठन गरिएको हो ।
च्याप्टरको उपाध्यक्षमा डा. अशोक अधिकारीे, सचिवमा डा. संगीत झा, कोषाध्यक्षमा डा. शास्वत प्रसाद, सह सचिवमा डा. सुनिल शाह, सह कोषाध्यक्षमा डा. दिपेश पटेललाई चयन गरिएका छन् । च्याप्टरको सदस्यहरुमा डा. दिलिप चौरसिया, डा. ओ. पी चौधरी, डा. शम्भु साह र डा. कुमार सम्भव रहेको बताइएको छ ।
अध्यक्षमा चयन भएका डा. साहले अर्थोपेडिक संघ मधेश च्याप्टर प्रदेश २ ले अर्थोपेडिक चिकित्सकहरुको समस्या र अनुसन्धानका क्षेत्रमा काम गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै