मास्क, हेलमेट विना बोलबम श्रद्धालुको मोटरसाइकल रयाली, नियमनकारी निकाय मौन

623 Shares

तराई टप संवाददाता
रौतहट, २५ साउन । कोभिड १९ को तेश्रो भेरियन्टको महामारीको त्रासको पूर्व तयारी चलिरहेकै वेला धार्मिक यात्रा बोलबमको नाममा मास्क, हेलमेट नलगाई गौरको मुख्य सडकबाट मोटरसाइकल रयाली निस्किनु तर नियमनकारी निकायको ध्यान नजानु दुर्भाग्यपूर्ण रहेको छ ।
राजदेवी नगरपालिकाको राजदेवी स्थित वागमती नदीबाट जल लिएर निस्किएका मोटरसाइकल सवार बोलबम श्रद्धालुहरु नियम कानुनको धज्जी उडाउदै गौरको मुख्य सडकबाट गुज्रिएपनि ट्राफिक प्रहरी र नेपाल प्रहरीको ध्यान नजानुले निकै दुर्भाग्यपूर्ण रहेको सर्वसाधारणको ठम्याई हो ।
गत शनिवार देखि नेपाल प्रहरीले रौतहट जिल्लाभरी “तपाईको मास्क खोइ” अभियानलाई आजको बोलबम श्रद्धालुको मोटरसाइकल रयालीबाट धेरै प्रभावित बनाएको उनीहरुको भनाईरहेको छ । हेलमेट, मास्क र नियमपूर्वक मोटरसाइकलमा दुई जना भन्दा बढि सवार नहुनु बोलबमलाई सवै छुट रहेको पाईयो । अझै समय छ यस्ता धामिर्क अनुष्ठान गर्ने आयोजकलाई अनुमति दिनु अगावै सवै प्रक्रिया पुरा गरेमा मात्रै अनुमती दिनुपर्ने अन्यथा कोभिडलाई निमन्त्रणा दिनु बाहेक अन्य कुनै विकल्प नरहेको विज्ञहरुको कथन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार