नेपाली हजारको जाली नोट सहित तिन जनालाई नेपाल प्रहरीले समाते

   २५ श्रावण २०७८, सोमबार १७:३४  

तराई टप संवाददाता
रौतहट, २५ साउन । रौतहटको इशनाथ नगरपालिकाबाट नेपाली हजारको नक्कली रुपैया सहित तिन जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार इशनाथ नगरपालिकाको कालिमन्दिर नजिकबाट आईतवार राति ८ बजेको समयमा पैदल हिडिरहेका व्यक्तिहरुलाई रोकेर मठिया प्रहरी चौकीका प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट आएका तिन जना व्यक्तिको शरिर बाट नेपाली एक हजारको जाली नोट ९ लाख ९३ हजार सहित नियन्त्रणमा लिएको हो ।
धनुषा जिल्ला बटेश्वर गाउँपालिका ४ का ३८ बर्षिय शत्रुघन वरई ठाकुर, महोत्तरी जिल्ला वर्दीवास नगरपालिका ९ पशुपतिनगर बस्ने बर्ष ३० का रंजित महतो र महोत्तरी भंगहा नगरपालिका ४ प्रेमनगर बस्ने बर्ष २५ का दिपेन्द्रकुमार महतोलाई नेपाली जाली नोट सहित पक्राउ गरिएको रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले बताए ।


पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थप गरेर मुलुकी अपराध संहिता ऐन २०७४ को मुद्रा सम्बन्धी कसुर अनुसार कारवाही सुरु गरिएको छ । उक्त ऐन अनुसार ५ देखि १० बर्ष कैद र ५० हजार देखि १ लाख सम्म जरिवाना हुने प्रावधान रहेको एसपी शाहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै