रौतहट, ११ पुस । दुई जना नेपाली नागरिकलाई रौतहटले भारत विहारको सीतामढीबाट सकुशल अपहरण मुक्त गराएर आफन्तको जिम्मा लगाएका छन् ।
चितवन भरत महानगरपालिका १९ हुलाक चोकका ४० वर्षिय कुष्ण थापा र रत्ननगर नगरपालिका १२ जिरौनाका ३५ बर्षिय दिपेन्द्र महतलाई भारत विहारको सीतामढीबाट भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले अपहरणमुक्त गराएर बुधवार उनीहरुको अभिभावकलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
पुस ५ गते विहान १०.३० बजेको समयमा दुबैजना रौतहटको चन्द्रपुर जान्छु भन्दै मोटरसाइकलमा हिडेका थिए । पुस ७ गते बेलका ७.५१ बजेको समयमा थापाले अपहरणमा परेको र ६ लाख रुपैया फिरौती माग गरेको भन्दै श्रीमतीको म्यासेन्जरमा कल गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्र प्राप्त भएपछि सीमावर्ती सीतामढी प्रहरी संग समन्वय गरेर सम्भावित स्थानहरुमा निकै खोजी कार्य गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी श्रेष्ठले सीतामढी प्रहरी र रौतहट प्रहरीको निकै खोजतलास पछि मंगलवार सीतामढीबाट थापा र महतलाई सकुशल अपहरणमुक्त गराई गौर ल्याइएको छ । अपहरणमा संलग्न ६ जना पुरुष व्यक्तिहरुलाई सीतामढी प्रहरीले पक्राउ गरेर अपहरण तथा शरीर बन्धक शिर्षकमा जाहेरी लिई थप अनुसन्धान कार्य अगाडी बढाइएको उनले भने । भारतमा अपराधीहरु पक्राउ पर्दा त्यहीको कानुन अनुसार पीडितको जाहेरी लिएर आवश्यक कारवाही अघि बढाइएको एसपी श्रेष्ठले बताए ।
अपहरितद्धयलाई प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य परिक्षण पश्चात उनीहरुको आफन्तलाई जिम्मा लगाई चितवन तर्फ पठाइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिए ।
अपहरणमा संलग्न सीतामढी जिल्ला डुम्रा मेहसोल २७ का मोहम्मद लियाकत राइनको छोरा मोहम्मद अकबर, मोह्म्मद नईम, बर्ष ३० का कौशर अली, बर्ष २० का मोह्म्मद सदाब, बर्ष २७ का मोह्म्मद इर्साद र बर्ष ३३ का रामनरेश कुमारलाई सीतामढी प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही अघि बढाएको जानकारी दिदै प्रवक्ता गिरीले खुला सिमा भएको हुँदा नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरी नेपालमा लुक्नेहरु माथि दुबै देशका प्रहरीहरुले गम्भीर भई सीमा क्षेत्रको अपराधलाई न्यूनीकरण गर्ने क्षेत्रमा लागि परेको उनले भने ।
अपहरणकारीहरुको तस्वीर

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन