सर्लाही, १२ पुस । व्यापारी र स्थानीय बासिन्दाहरुलाई धाकधम्की दिएर चन्दा असुल्दै गरेको अवस्थामा सर्लाहीको हरिवन बजारबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हरिवन बजार क्षेत्रका व्यापारीहरु र स्थानीय बासिन्दाहरुलाई धाक धम्की दिएर चन्दा असुलिरहेको अवस्थामा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्वर ७ का ४५ बर्षिय चेतनाथ अधिकारी र रौतहट चन्द्रपुर नगरपालिका वडा नम्वर १ का ५० बर्षिय राजु हाडालाई हरिवन प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीका अनुसार अधिकारी र हाडालाई पहिलो पटक जिल्ला अदालत मलंगवाबाट तिन दिनको म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको छ ।
पक्राउ परेका दुबैजनाको साथबाट नेकपा माओवादी देखिएको लेटरप्याड सहित पर्चा र चार थान ठेली नगदी रसिद बरामद गरिएको जानकारी दिदै प्रहरी निरीक्षक गिरीले अधिकारी र हाडाले व्यापारीहरुलाई फोन मार्फत धम्काएर चन्दा माग्ने यदी नदिएमा विभिन्न किसिमको धम्की दिने गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन