राधेश्याम कुशवाहा
सर्लाही, १२ पुस । मिटरब्याजी पीडित संघर्ष समितिका सदस्य फतिमा खातुनलाई प्रहरीले पक्राउ गरेपछि जिल्ला प्रशासन कार्यालय मलंगवाको अवस्था तनावग्रस्त बनेका छन् ।
मिटरब्याजी पीडित संघर्ष समिति सर्लाहीले विहिवार सर्लाही सदरमुकाम मलंगवामा जुलुश प्रदर्शन गर्दै सरकार विरोधी नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जाँदा प्रहरी र संघर्ष समिति बीच बादविवाद भई तनाव उत्पन्न भएपछि प्रहरीले बल प्रयोग गर्दा अवस्था तनावग्रस्त बन्न पुगेका हुन् ।
प्रहरीले लाठी चार्ज गर्नुका साथै चार राउण्ड भन्दा बढि अश्रुग्यास प्रहार गरेका छन् । लाठी चार्जबाट ५÷६ जना महिला पुरुषहरु घाइते भएको संघर्ष समितिले जनाएको छ । सोही क्रममा संघर्ष समिति सर्लाहीका सदस्य फतमा खातुनलाई प्रहरीले नियन्त्रणमा लिएर लगेपछि जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले टायल बालेपछि अवस्था तनावग्रस्त बन्न पुगेका छन् ।
विस्तृत जानकारी केही बेरमा आउने छ ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन