धनुषा, १२ पुस । महिनौं देखि एलआइसी नेपाल लिमिटेडको गैरकानुनी कार्यबाट पीडित भएका अभिकर्ताहरु, विमाधारीहरुले आन्दोलन गर्दै पटक पटक एलआईसीको प्रदेश मुख्यालय जनकपुरधाममा तालाबन्दी गर्दा समेत समस्या समाधान तर्फ अघि बढ्न सकेका छैनन् ।
विगत ३७ दिन देखि एलआइसी नेपाल लिमिटेडको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पटक पटक ताला लगाउदै आईरहदा आइरहदै पनि समस्या समाधान प्रति सम्बध निकाय उदाशिन रहदा पीडितहरुले विहिवार उक्त कार्यालयमा ताला लगाउनुका साथै मुख्य गेटमा इलेक्ट्रीक वेल्डी गरेका हुन् । पीडितहरुले भने समस्या समाधान नहुँनजेल सम्म कुनैपनि कर्मचारी वा प्रदेश प्रमुखले ताला खोल्ने फोड्नेलाई भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् ।
प्रदेश कार्यालयमा चार दिन अघि ताला लगाएर वेल्डिंग गरेका साविक अभिकर्ता सहित दर्जनौं पीडितहरुले चेतावनी दिदै सुचनापार्टी लगायतका स्थानमा एलआइसी नेपाल लिमिटेड संग सजग रहन सर्वसाधारण संग अपिल गरेका थिए ।
तर विहिवार वार्ता गर्न भन्दै जनकपुरमा बोलाएर बैंठक नभएको थाहा पाएपछि गएराति ११ बजेको समयमा एलआइसी नेपाल लिमिटेडको कार्यालयमा लगाइएको ताला फुटालेको अवस्थालाई पुन ः वेल्डींग गराएर अब तोडियो भने भौतिक कारवाही गर्ने तथा कालोमुसो दल्ने लगायतका चेतावनी दिएको पीडितहरुले बताइएको छ ।
पीडितहरुले कार्यालयमा कालो मोविलले भिता समेत पेन्ट गर्दै बिजुलीको लाइन समेत सर्ट गरेका छन् । त्यति मात्रै सिमित नराखि मौतको सौदा गर्ने कार्यालय मा विभिन्न नारा समेत पर्खालमा लेखिदिएको छ । जिल्ला प्रहरी कार्यालय गौरमा गरिएको सहमतीलाई कार्यान्वयन गर्न माग पीडितहरुले गरेका छन् ।
कम्पनिले गरेका गैरकानुनि कार्यहरुको भण्डाफोर स प्रमाण जनताहरुमा वितरण गर्ने । जसमा चिकित्सहरुको नेपाल भरी निरोगिता प्रमाण पत्रहरुमा नक्कली हस्ताक्षर, स्टाम्प र बिल समेत नक्कली नेपालभरी एक लाख भन्दा बढि विमा लेखको रुपैयाँ करोड वढि शाखा प्रमुख देखी कम्पनिका सिइओ प्रणय कुमार सम्मले रकम हिनामिना गरेको साविक अभिकर्ता एवं लायन सत्येन्द्र पाण्डेले गम्भीर आरोप लगाए ।
पाण्डे अगाडी भन्छन् की, एलआईसी नेपाल लिमिटेडमा आफूले १८ बर्ष सम्म आँखा चिम्लेर काम गर्दै साढे १८ सय भन्दा बढि मानिसलाई विमाखाता खोल्न लगाएको तर म विरुद्ध नै एलआइसीका कानुनी एवं सुचना अधिकारी सुदर्शन गिरी, मार्केटिंग हेड प्रकाशबहादुर उपाध्याय, तत्कालिन गौरका शाखा प्रबन्धक विपिनकुमार साह सहितका एलआईसीका उच्च पदस्थ प्रदेश देखि संघिय कार्यालय सम्मका पदाधिकारीहरुको मिलोमतोमा भएको षड्यन्त्रको शिकार मलाई बनाएको दुखेसो पोखे ।
सिइओको किर्ते हस्ताक्षर, स्टाम्प स्क्यान, विना चलानीको पदिय मर्यादाको दुरुपयोग गर्दै मार्केटिंग हेड प्रकाशबहादुर उपाध्यायले मलाई कारवाही गरेको पत्र पठाउदा समेत उनलाई अहिले सम्म कारवाही भएन, कारवाहीको नाटक मंचन गराएर मलाई निलम्बन गरेको विपीनलाई राजविराज शाखाको प्रबन्धमा राखेर निलम्बनको नाटक मात्रै गरेकोमा उनले गम्भीर आपत्ती व्यक्त गरे ।
आफनो समस्या समाधान गराईदिन नेपाल विमा प्राधिकरण, राष्ट्र बैंक, अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग केन्द्रीय कार्यालय, गृह मन्त्रालय, प्रादेशिक गृह मन्त्रालय, अर्थ मन्त्रालय लगायत विभिन्न निकायहरुमा उजुरी गरिसक्दा पनि कहि कतैबाट अहिले सम्म कारवाहीको प्रक्रियामा नजानु कत्तिको विडम्बना यो देशमा रहेको उनले दुखेसो पोखे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन