immersive view zoom download zoom cloud meeting download for laptop zoom meeting join zoom meeting join zoom app free download for pc windows 8 - zoom app free download for pc windows 8 how do i download the latest version of zoom zoom cloud meeting download pc windows 10 zoom meeting join a meeting online zoom 5.0 version download

चन्द्रपुरका सामुदायिक विद्यालयहरु शुक्रवार देखि पुन बन्द हुने सुचना

   २२ आश्विन २०७७, बिहीबार १७:३४  

रौतहट, २२ असोज । कोभिड १९ को जोखिम बढदै जाँदा रौतहटको चन्द्रपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु भोली देखि बन्द हुने भएको छ ।
चन्द्रपुर नगरपालिकाको शिक्षा समितिको गत असोज ९ गतेको बैठकले रौतहटको चन्द्रपुर नगर क्षेत्रमा कोरोना संक्रमण सामन्य भएको अबस्थामा विद्यालय सञ्चालन गरिएकोमा हाल केही शिक्षकहरुमा कोरोना संक्रमण परेपछि नगर शिक्षा समितिका अध्यक्षको निर्देशन मा अर्काे सुचना नआउन्जेल सम्मका लागि चन्द्रपुर नगर क्षेत्रमा सञ्चालन हुँदै आएका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको छ ।
विद्यालयहरुको नाममा जारी भएको परिपत्रमा कोभिड १९ बाट प्रभावित भएका शिक्षक, छात्रछात्राको अवस्थामलाई मध्य नजर राख्दै विद्यार्थीहरुलाई कुनै किसिमको जोखिम उठाउन नदिनका लागि बन्द गर्ने निर्देशन जारी गर्नुपरेको शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले तराई टपलाई जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै