which zoom app should i download zoom escaper download zoom app download for pc uk zoom download windows10 install zoom for every user free zoom windows app download for pc joining a zoom meeting online - joining a zoom meeting online

आठौ साफमा कुस्ती तर्फको कास्य पदक विजेता वैरागीको हत्यामा आरोपित पासवानलाई रौतहट प्रहरीले १० बर्ष पछि पक्राउ

   २८ श्रावण २०७८, बिहीबार १५:१४  

तराई टप संवाददाता
रौतहट, २८ साउन । आठौं दक्षिण एशियाली खुलकुद प्रतियोगिता (साफ) मा कुस्ती तर्फ कास्य पदक विजेता उपेन्द्र दास वैरागीलाई गोली हानी हत्या गरिएको १० बर्ष पछि आरोपित मध्ये एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
२०६८ साल असार २३ गते गौर नगरपालिकाको कर्मचारी मिलन केन्द्र छेउको बाटोमा साढे ८ बजे राति कन्चटमा गोली हानेर कुस्ती खेलाडी वैरागीको हत्या गरिएका थिए । वैरागी हत्यामा किटानी जाहेरी परेका मध्ये देवाही गोनाही नगरपालिका ३ प्रेमपुर गोनाहीका सोनफीलाल पासवानलाई रौतहट प्रहरीले गौरबाट बुधवार पक्राउ गरका हुन् ।
आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) मा कुस्ती तर्फ कास्य पदक विजेता वैरागीलाई केही व्यक्तिहरुको योजनामा १० बर्ष अघि हत्या गरिएको थियो । वैरागीको हत्या पछि उनकी श्रीमती रामकुमार देवीले केही मानिसहरु विरुद्ध किटानी जाहरी दिएका थिए ।
रामकुमारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सोनफी पासवान समेत भएको कत्र्तव्य ज्यान मुद्दामा घटना पश्चात फरार रहदै आएको पासवानलाई गौर नपा ५ मा हिडडुल गरिरहेको सुचना पाउना साथ निजलाई पक्राउ गर्न सफल भएको रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले बताए ।
बुधवार पक्राउ परेका पासवानलाई रौतहट जिल्ला अदलातमा उपस्थित गराएको छ । अदालतको आदेश नआउन जेल सम्म अहिले पासवानलाई जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासत कक्षमा राखिएको जानकारी दिदै एसपी शाहले वैरागी हत्यामा संलग्न रहेका मध्ये १ जना शिवजी राय यादव अझै फरार रहेको बताए ।
वैरागीलाई हत्याको आरोप लागेका जगरनाथ राय, जीवन राय, सरफ लाल महतो कोइरी पक्राउ परेर २०७५ जेठ ३० पुर्पक्षका लागि कारागार चलान भएको तथा रौतहट जिल्ला अदालतबाट २०७७ माघ १४ सफाई पाएर कारागारमुक्त भएको देखिन्छ । अदालतमा पिडित पक्षद्धारा इनकारी वयानको आधारमा उनीहरु सफाई पाएको उक्त फैसलाबाट बुझिएको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै