स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंह एक्सनमा, प्रादेशिक अस्पताल जनकपुरबाट दुई जना विचौलियालाई समातेर प्रहरीको जिम्मा

102 Shares

मधेश प्रदेशको आठ वटै जिल्लामा रहेका प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाइएको र विचौलियाहरुको अन्त्यका लागि बेलाबखतमा सर्प्राइज चेकिंग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंह

जनकपुर, १४ पुस । सरकारी अस्पतालमा उपचार गराउन आएका विरामीलाई निजी अस्पताल तर्फ लैजान लागेका दुई जना विचौलियालाई प्रादेशिक अस्पताल जनकपुरको परिसरबाट मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले समातेर आवश्यक कारवाहीको लागि धनुषा प्रहरीको जिम्मा लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले शनिवार विहान प्रादेशिक अस्पताल जनकपुरमा सर्प्राइज निरीक्षणको क्रममा विरामीले गरेको गुनासोको आधारमा महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका वडा नम्वर ४ का २७ बर्षिय रामविनय यादव र भंगहा नगरपालिका वडा नम्वर ३ का २७ बर्षिय राकेश महरालाई समातेर आवश्यक कारवाहीको लागि धनुषा प्रहरीको जिम्मामा लगाएका हुन् ।

आज विहान ९.३० बजेको समयमा प्रादेशिक अस्पताल जनकपुरमा निरीक्षण अनुगमनको क्रममा एक जना महिलाले बच्चा जन्माएपछि निजलाई राम्रो एवं समुचित उपचार निजी अस्पतालमा गराइदिन्छु भन्दै यादव र पासवानले फकाएर लैजान लागेको अवस्थामा मन्त्री सिंहले थाहा पाएपछि दुबै विचौलियालाई समातेर धनुषा प्रहरीलाई बोलाएर कारवाहीको लागि जिम्मा लगाइएको मन्त्री सिंहको स्वकीय सचिव निकेश त्रिपाठीले जानकरी दिए ।
स्वकीय सचिव त्रिपाठी भन्छन्, स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको चाहना प्रदेशका कुनै पनि विरामी निजी अस्पतालमा उपचार गराउन जानु पर्दैनन्, सरकारी अस्पतालहरुलाई सेवा सुविधा एवं चिकित्साको लागि उपयुक्त साधनश्रोतबाट भरिपूर्ण भएको अवस्था नीजि अस्पतालमा गएर अनाधिकृत रुपमा लाखौं खर्च गर्नुपर्ने झन्झटीलो उपचार सेवालाई पूर्ण रुपमा निष्तेज बनाउने अभियानमा लागिपर्नु भएको बताए ।
सरकारी अस्पतालमा दक्ष जनशक्तिहरु उपलब्ध गराइएको छ, समुचित रुपमा सबै खाले विरामीहरुको उपचारको लागि उचित बन्दोबस्त मिलाइएको छ, नेपाल सरकारको मापदण्ड अनुसारको औषधीहरुको व्यवस्थापन गरिएको हुँदाहुँदै सरकारी अस्पतालमा उपचार गराउन आएका विरामीहरुलाई विचौलियाहरु ललाई फकाई लैजाने परिपाटीलाई मन्त्रीजीले पूर्ण रुपमा भत्काउन खोजेको हुँदा उक्त कार्यमा सबै सरोकारवाला निकाय एवं सर्वसाधारणहरु सजग भएर सरकारी वा प्रादेशिक अस्पतालमै उपचार गराउनु पर्नेमा मन्त्री सिंहको चाहना रहेको बताए ।


स्वकीय सचिव त्रिपाठी अगाडी भन्छन्, स्वास्थ्य मन्त्रीजीको चाहनालाई शतप्रतिशत पालना गर्न गराउन प्रादेशिक अस्पतालको पनि त्यतीकै दायित्व रहेको छ, जहाँ विचौलियाहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने अन्यथा प्रादेशिक अस्पताललाई नीजि क्षेत्रका अस्पतालहरुद्वारा बदनाम गराउने छ । मधेश प्रदेश सरकारमा स्वास्थ्य मन्त्री बनेको दिन देखि नै प्रदेशको आठै जिल्लामा रहेका प्रादेशिक अस्पताललाई सुदृढ बनाई उक्त जिल्लाहरुका विरामीहरु नीजि अस्पतालमा जानु नपरोस भन्ने उद्देश्य उहाँको रहेको हुँदा सबै पक्ष मिलेर विचौलिया प्रथालाई अन्त्य गरी सरकारी अस्पताल प्रतिको विश्वासलाई अघि बढाएमा मात्रै स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरु अन्त्य हुने तथा स्वास्थ्य मन्त्री सिंहले लिएको उद्देश्य एवं लक्ष्य पुरा हुने उनले विश्वास व्यक्त गरे ।
यता पक्राउ परेका यादव र पासवानलाई धनुषा प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय धनुषा श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।