क्रिकेट खेललाई व्यवसायी बनाई गुणस्तरिय खेलाडी उत्पादन गर्न पुस १७ देखि सुरु हुँदैछ जीपीएल

91 Shares

रौतहट, १४ पुस । लोकप्रिय बन्दै गएको क्रिकेट खेललाई व्यवसायी एवं गुणस्तरिय खेलाडी उत्पादन गर्न यही पुस १७ गते देखि गौरीशंकर यादव प्रिमियर लिग (जीपीएल) खेलको सुरु हुन लागेका छन् ।
गौरीशंकर यादव प्रतिष्ठानद्वारा शनिवार गौरको साइमोन होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रतिष्ठनका अध्यक्ष मोहन यादवले नेपालमा क्रिकेट खेल प्रति बढ्दै गएको क्रेजलाई मध्यनजर राख्दै गौरबाट उत्कृष्ठ खेलाडी छनौट गर्नमा मद्दत पुग्ने विश्वासका साथ व्यवसायी एवं गुणस्तरिय खेलाडी छनौट गर्ने उद्देश्यबाट जीपीएल पुस १७ गते देखि राइस मिल्समा संचालन हुन गईरहेका हु्न् ।


नेपाल क्रिकेट काँउन्सी (क्यान) को नीयमकानुनलाई अंगिकार गर्दै गौरीशंकर यादव प्रिमियर लिग (जीपीएल) संचालनको आवश्यक सबै तयारी पुरा भईसकेको जानकारी दिदै यादवले गौर नगरपालिकामा रहेका ९ वटा वडाका टिमहरु समावेश भएको र ११ दिन सम्म जीपीएल हुने प्रतिष्ठानका अध्यक्ष मोहन यादवले जानकारी दिए ।


सो पत्रकार सम्मेलनमा जीपीएल आयोजक समितिका शुभचिन्तक एवं रौतहट क्रिकेट संघका सदस्य गौतम श्रेष्ठले जीपीएलमा सहभागी हुने हरेक टिमका ११ जना खेलाडीलाई म्याच फि समेत उपलब्ध गराईनछ । प्रतियोगिता अवधीभरीमा खेलाडीहरु पूर्ण अनुशासित रहन आग्रह गर्दै यदी कुनै खेलाडी खेलभावना विरुद्ध कुनैपनि कार्य गरेमा सम्पूर्ण म्याच फि काटिने समेत स्पष्ट पारे ।
क्यानले निर्धारण गरिएका अम्पायर, प्रतियोगितामा राम्रो खेलेर आफनो टिमलाई जिताएर म्यान अफ दि म्याच हुने खेलाडीलाई ११११ रुपैयाको नगद पुरस्कारको व्यवस्थापन गरिएको छ ।
जीपीएलमा सहभागी टिमहरु क्रान्तिद्वार ११, बाणेश्वर ११, शिवगंगा ११, सोवर्णामाई ११, बरहवा ११, सबगण्ढा ११, सिसवा ११, दरवार ११, सिर्सिया ११ र गौर राइनो गरी १० टिमको सहभागीता रहेको गौरीशंकर यादव प्रतिष्ठानले जनाएको छ ।
हरेक दिन दुई म्याच हुने र हरेक टिमले पाँच म्याच खेल्नेछ । सो पत्रकार सम्मेलनमा रौतहट क्रिकेट संघका कोषाध्यक्ष विकासविक्रान्त नेपाल (पालु), नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा क्यानको मान्यता प्राप्त अम्पायर सागर यादव, सहित संचारकर्मीहरु तथा खेलाडीहरुको सहभागीता रहेको पुष्पराज यादवले जानकारी दियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।