तराई टप संवाददाता
रौतहट, २८ साउन । हनुमान मन्दीरको पुजारी श्रीराम साहलाई हत्या गरेको आरोपमा फरार रहदै आएका देवाही गोनाही नगरपालिका वडा नम्वर १ को वडाध्यक्ष शेख नुरुल्लालाई शुक्रवार रौतहट जिल्ला अदालतले २ लाख धरोटीमा रिहा गरेका छन् ।
२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्वर २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साह मन्दीर परिसरमै बसेर खाना खादै गरेको अवस्थामा देव्रे कन्चटमा गोली हानी हत्या गरेका थिए ।
घटनाको भोली पल्ट अर्थात भदौ ४ गते विहानै देखि तालिम प्राप्त ४ वटा कुकुरको मद्दत लिई अनुसन्धान गरियो । अनुसन्धानकै क्रममा वारदात स्थल माधवनारायण भएपनि वारदातलाई अन्जाम दिने देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनियाका वडाध्यक्ष शेख नुरुल्लाह सहित सात जना व्यक्तिहरु मिलेर घटना घटाएको प्रहरीको अनुसन्धानमा खुलेपछि सोही अनुसार कत्र्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइयो ।
हाम्रो दाजु श्रीरामले कसलाई के विगारेका थिए, कसै संग झगडा झन्झट थिएन, तैपनि उनलाई हत्या गर्ने हत्यालाई सजाय दिदा बल्ल उनको मृत आत्माले शान्ति पाउने थिए, हामीलाई मात्रै न्याय चाहियो हत्या गर्ने व्यक्तिलाई अदालत जस्तो पवित्र संस्थामा पनि सेटिंगको आधारमा रिहा गर्नुबाट कमजोरको लागि नेपालमा न्याय छैन् यहाँ पैसावालाहरु जस्तो सुकै कुकर्म गरेपनि अदालतबाट छुट्ने गरिएको परिपाटीबाट हाम्रो नेपालमा न्याय पैसामा विकदो रहेछ सुनेका थियौं तर आज देखियो, उनले न्यालय प्रणाली माथि गम्भीर प्रश्न चिन्ह खडा गरे ।
रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहको अनुसार पुजारी हत्यामा संलग्न देवाही गोनाही १ का राजेन्द्र राउत कुर्मी, रामप्रवेश राउत कुर्मी, विकाउ भन्ने महम्मद काशिम र ममताज देवान अझै फरार रहेको उनीहरु भारतमा लुकी बसेको अवस्था रहेको बुझिन आएको छ ।
नाटकिय शैलीमा हत्याको आरोपित वडाध्यक्ष २ लाख नगदमा रिहा
वडाध्यक्ष नुरुल्ला सहित सातै जना फरार भए, निजलाई समात्न सिमापारी भारतको कयौं स्थाथनमा छापामारी भयो सफलता पाइएन तर साउन २२ गते अर्थात गत शुक्रवारका दिन दिउसो १ बजे नाटकिय शैलीमा वडाध्यक्ष नुरुल्ला रौतहट जिल्ला अदालतमा उपस्थित हुन्छ, उनीसंग २ लाख नगद लिई धरौटीमा रिहा गरिदिन्छ तर प्रहरी चाल पाउन सक्दैन । अदालतको यस्तो निर्णयबाट पिडित पक्ष कसरी न्याय पाउने हो भने अहिले अदालत प्रति प्रश्न चिन्ह खडा गर्नेहरुको कमी छैनन ।
पुजारी हत्यामा ७ जना विरुद्ध मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय रौतहटले गर्छ, आरोपित मध्ये रामनरेश पटेल र बाल कुमार पटेललाई पक्राउ गरी अदालतमा पेश गर्दा दुवै जना अहिले पुर्पक्षका लागि गौर कारागारमा छन् तर प्रहरीले बयान समेत नलिएको, सरकारी वकिल कार्यालयमा वयान दर्ता नभई एक्कासी शुक्रवार दिउसो अदालतमा उपस्थित भई इनकारी वयान दिदा २ लाख नगद धरौटीमा रिहा गर्ने आदशे आउनु आफैमा सोचनिय विषय भएको प्रहरी श्रोतबाट बुझिएको छ ।
वाह रे न्याय पैसा बालाको बोलवाला छ कमजोरले नेपालमा न्याय पाउन गाह्रो
जिल्ला अदालत रौतहटको ७ नम्वर न्यायाधिश श्यामविहारी मौर्यको एकल इजलाश बाट पुजारी हत्याको मास्टरमाइण्ड वडाध्यक्ष नुरुल्लालाई २ लाख नगद धरौटीमा रिहा गर्दा न्याय प्रणाली पैसा वालाको भएको पुजारीको भाई लालबहादुर साहले आरोप लगाए । हामीलाई त न्याय चाहियो हत्या गर्ने व्यक्तिलाई अदालत जस्तो पवित्र संस्थामा सेटिंगको आधारमा रिहा गर्नुबाट कमजोरको लागि नेपालमा न्याय छैन् यहाँ पैसावालाहरु जस्तो सुकै कुकर्म गरेपनि अदालतबाट छुट्ने गरिएको परिपाटीबाट हाम्रो नेपालमा न्याय पैसामा विकदो रहेको सुनेका थियौं आज देखियो, उनले न्यालय माथि गम्भीर प्रश्न चिन्ह खडा गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन