राधेश्याम कुशवाहा
सर्लाही, १४ पुस । सर्लाहीको बलरा नगरपालिका वडा नम्वर ९ अचलगढ स्थित प्राथमिक स्वास्थ केन्द्रमा आयोजित निशुल्क आँखा शिविरमा २०१ जना विरामीको आँखाको परिक्षण गरेर मोतियाबिन्दुको विरामीको शल्यक्रिया गरिएको छ ।
बलरा नगरपालिकाको आर्थिक सहयोग, हेटौंडा सामुदायिक अँखा अस्पताल र तिलगंगाको प्राविधिक सहयोगमा क्टराक्ट प्रोजेक्ट अन्तर्गत निशुल्क रुपमा आँखा जाँच गरेर शल्यक्रिया गरिएको बलरा नगरपालिकाका स्वास्थ शाखा प्रमुख बालकिशोर यादवले जानकारी दिएको हो ।
बलरा नगरपालिकामा बहुसंख्यक व्यक्तिहरूमा मोतियाबिन्दुका समस्या रहेका कारण निशुल्क अँखा शिविर सन्चालन गरिएको बलरा नगरप्रमुख रामाशंकर कुशवाहाले बताए । गत आर्थिक बर्षमा पनि नगरपालिकाबाट चार वटा शिविर मार्फत ३ सय भन्दा बढीको मोतियाबिन्दुको विरामीको निशुल्क शल्यक्रिया गरेको बताउदै यस पाली पहिलो चरणमै दुई सयको शल्यक्रिया गरिएको उनले जानकारी दिए ।

बलरा नगरपालिकाले आउदो माघ महिनामा दिर्घरोगीहरुलाई लक्षित गरेर निशुल्क औषधी सहितको स्वास्थ शिविर सन्चाल गरिने जानकारी गराउदै यसता शिविरहरूबाट गरिब, असहाय तथा आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण बढि लाभान्वित हुने नगरप्रमुख कुशवाहाले विश्वास लिएको छ ।

विरामीहरुको नाम दर्ता, दृष्टि जाँच, अँखा जाँच, औषधी, चश्मा, रगत जाँच, आँखा तथा शरिरको प्रेसर जाँच लगायत आवश्यक सबै प्रकारको जाँच शिविरमै गरिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक सुशीलकुमार सिंहले जानकारी दिए ।
मोतिबिन्दुको शल्यक्रिया गर्ने विरामीहरुको सबै रिपोर्ट सहि आएपछि मात्रै शल्यक्रिया गरिएको उनले भने । हामीले गर्ने शल्यक्रिया उच्च स्तरको गुणस्तरीय व्यवस्थापन सहित रहेको दाबी गरे । शल्यक्रियाका लागि छनौट भएका सबै विरामीहरुलाई शल्यक्रिया गर्ने कोशिस गर्छौं र बढी भएका विरामीहरुलाई आफनै व्यवस्थापन हेटौंडा लगेर निशुल्क अप्रेशन गरिने प्रतिबद्धता समेत उहाँले व्यक्त गरे ।
शल्यक्रिया पछि अँखाको पटी खोलेपछी आवश्यक औषधी, चश्मा, अँखा सेफ्टी गर्ने समान र कपास शिविरबाट निशुल्क वितरण गरिने बलरा नगरपालिकाले जनाएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन