मुलुकमा गहिरिदै गएका संकटको निकास अन्तरिम सरकार गठन एकमात्र विकल्पः प्रभु साह

57 Shares

रौतहट, १४ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मुलुकमा गहिरिदै गएका संकटको निकास अन्तरिम सरकारको गठन एकमात्रै विकल्प रहेको बताए ।
आम जनता पार्टी निकट रहेका आईटी आर्मीद्वारा रौतहटको मौलापुर स्थित शहिद स्मृति सभाहलमा आयोजित तेस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले उक्त कुरा बताएको हा ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री साहले अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको बिकल्प नभएको बताउँदै उनले अब देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल भएकोमा यसलाई तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरे ।


अन्तरिम सरकार गठनमा यदि कुनै तत्व बाधक बन्छ भने तपाई हामी देश र जनताको पक्षमा आईटी आर्मीको अर्ध शैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण गरेर अगाडि बढ्नुपर्ने दिन आईसकेको बताउदै यसतर्फ सबै देशभक्त युवाहरुलाई गम्भीर हुन आजपा अध्यक्ष साहले अपिल गरे ।
आम जनता पार्टीको स्थापना दिवसको अवसरमा युवाहरूको सहभागिता तथा आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले भ्रष्टाचार विरूद्ध सशक्त भएर संघर्ष गर्ने प्रतिबद्धता सहित राजनीतिक दस्तावेज समेत पारित गर्दै नयाँ नेतृत्वको चयन गर्ने भएका छन् ।
करिव पाँच दिनसम्म चलने सो कार्यक्रम, भेलामा तथा प्रशिक्षण कार्यक्रमको पूर्ण सफलताको आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ्, सचिवद्वय पूर्वसांसद समिना हुसैन र ज्ञानेन्द्र तामाङ्, स्थायी कमिटी सदस्य धर्मेन्द्र सापकोटा, प्रदेश ईन्चार्ज सुधीर यादव लगायतका नेताहरूले भेला एवं प्रशिक्षण कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै मन्तव्य राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।