अहोरात्र खटिरहने वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) घटी तलबको लागि सर्वोच्च अदालतमा

125 Shares

रौतहट, १७ पुस । सत्य सुरक्षा सुरक्षणमको मूल मन्त्रलाई आत्मसाथ गरेर अहोरात्र खटिरहने प्रहरीहरु आफू माथि अन्याय भएको भन्दै सर्वोच्च अदालतको शरणमा पुगेका छन् ।
प्रहरी नायव निरीक्षक (सई) बाट बरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा भएपछि खाइपाइ आएको तलव वा ग्रेड पाउनुपर्ने तर सईमा खाइपाइ आएको भन्दा तलव घटी पाएपछि पटक पटक प्रहरी प्रधान कार्यालयमा गुनासो गर्दा कुनै सुनवाई नहुँदा न्यायको लागि सर्वोच्च अदालतको शरणमा पुगेका हुन् ।
बहालवाला वरिष्ठ सई विनय बहादुर चन्द, विश्वनाथ त्रिपाठी सहित १४ जनाले दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ । प्रहरी नायव निरीक्षकले हाल तलबमा ८ ग्रेड थप सेवा सुविधा पाउँछन् । तर, वरिष्ठ प्रहरी नायव निरीक्षकहरुले २ ग्रेड मात्र पाउने गरेको उनीहरूले गुनासो गरेका छन् ।
सर्वोच्चमा रिट दायर गर्ने मध्येका एक जना वरिष्ठ सईले तराई टप संग भने–‘हाम्रो दर्जा बढाउने निर्णय भयो तर, सेवा सुविधा यजुनिरले पाउने भन्दा पनि कम पाएको गुनासो गरे । प्रहरी महानिरीक्षकको मिति २०७८÷१२÷१७, १८, १९ र २० गते समेतको निर्णयानुसार १४१८ जना सईलाई वरिष्ठ सईमा बढुवा गरियो तर पदोन्नती भए संगै तलव पनि बढ्ला भन्ने अपेक्षा थियो तर हाम्रो तल भने घट्यो ति बष्ठि सईले भने ।


बढुवा भएपछि अहिले सम्म हामीहरु साविकको दर्जा सईमा पाएको भन्दा २६२ रुपैया कम तलव बुझिरहेका छौं । हामी साबिक पद प्रहरी नायव निरीक्षक पदमा रहदा तलव स्केल ३०,२०० प्लस ग्रेड दर १००७ गुण ८ (आठ) गे्रड गरेर ३८२५६ तलव खादै आएका थिए ।
नेपाल सरकारको मिति २०७९÷४÷२६ को निणयानुसार (२०७९ साउन १ गते देखि लागु हुने) गरी गरिएको नयाँ तलव अनुसार फुल ग्रेड ८ (आठ ग्रेड) पास गर्ने सईले ४३९९४ रुपैया प्राप्त गर्दछन् भने हामी साविक पद सईमा फुल ग्रेड खाईपाई सकेका र २०७८ सला चैतमा बढुवा भएका वरिष्ठ सईले ४३७३२ रुपैया मात्रै पाईरहेको बताए । जस अनुसार हामी निवेदकहरु साविकको दर्जामा खाईपाई आईरहेको तलव भन्दा हाल २६२ रुपैया कम तलव पाईराखेको हुँदा उक्त घटि रकमका लागि सर्वोच्च अदालतको ढोका घचघच्याएको बताए ।
घटी तलव पुरा गर्न वरिष्ठ प्रनानीहरुले मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालयका सचिव, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी किताबखाना र निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा गत शुक्रवार रिट दायर गर्दा आज उनीहरुको सुनवाई भईरहेको एक जना बहालवाला वरिष्ठ साईले तराई टपलाई बताए ।
वरिष्ठ प्रहरी नायव निरीक्षक पदमा रहदै राजीनामा दिएका तथा नियमित अवकाश पाएका पूर्व वरिष्ठ सईहरू पनि अदालतमा पुगेका छन् । अवकाश प्राप्त सुफतमान राई, रामकरन गुप्ता, सुरेश कुमार राई र ओमप्रकाश शाक्य सहितका जुनियर अधिकृतहरूले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ ।
पुस १६ मा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले कारण देखाऊ आदेश जारी गरेका हुन् । एक दिनको तलब बराबर १ ग्रेड हुन्छ । वरिष्ठ प्रनानीहरुले थप ३ ग्रेड रकम पाउनुपर्ने माग गरेका छन् । पूर्व वरिष्ठ प्रनानीहरुले बहालमा रहँदा पाउनुपर्ने तर, नपाएको रकम पाउन माग गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।