आलमको निवेदन माथि सुनवाई भएन

   २९ श्रावण २०७८, शुक्रबार १५:१०  

तराई टप संवाददाता
रौतहट, २९ साउन । झुठा आरोपमा आफूलाई फसाएर कारागारमा राखिएको हुँदा छुट्नु पर्ने माग राख्दै नेपाली काँग्रेसका युवा नेता एवं पूर्व मन्त्री महम्मद आफताव आलमले सर्वोच्च अदालतमा दिएको निवेदनमा शुक्रवार सुनवाइ हुने छैन् ।
सर्वोच्च अदालतको न्यायाधिशद्धय प्रकाशमान सिंह राउन र कुमार चडालको संयुक्त इजलासमा परेको निवेदन परेपनि हेर्न नमिल्ने भन्दै त्यसमा राखिएका हुन् ।
पहिलो संविधान सभाको पूर्व सन्ध्या अर्थात २०६४ साल चैत २७ गते साँझ ७ बजेको समयमा राजपुर फरहदवामा बम विस्फोट गराएको र त्यसबाट व्यक्तिको हत्या गरेको आरोप लागेपछि आलम पुर्पक्षका लागि कारागारमा रहेका छन् । आलमलाई थुन्नुपर्ने भनी जिल्ला अदलात रौतहटले दिएको आदेशलाई उच्च अदालतले पनि सदर गरेको थियो । त्यही आदेश विरुद्ध आलम सर्वोच्च अदालतमा पुगेको बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै