73
Shares
रौतहट, १८ पुस । रौतहटको वन क्षेत्रबाट चोरी निकासी गरेर ल्याएको सालका काठ लुकाई छिपाएर राखिएको अवस्थामा रौतहट प्रहरीले बरामद गरेको छ ।
विशेष जानकारीको आधारमा वृन्दावन नगरपालिका वडा नम्वर ८ बरगजवा टोल स्थित बाटोको छेउमा रहेको परालको टाल भित्र लुकाई छिपाई राखेको अवस्थामा सालको गोलिया ५ थान ४० क्यूविक फिट काठलाई प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
बरामद गरिएको काठको बजार मूल्य एक लाख २० हजार बराबरको सालको काठलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गरीले जानकारी दिइन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन