रौतहट, १८ पुस । बर्षौ देखि अलपत्र रहेका हुलाकी राजमार्ग अन्तर्गत वागमती नदीको निर्माणाधिन पुल अविलम्ब बनाउनुपर्ने माग राख्दै स्थानीय बासिन्दाहरु गौर चन्द्रनिगाहपुर सडक खण्डको बम नहरमा बाटो अवरुद्ध गरेर अनिश्चिकालिन धर्नाप्रदर्शन सुरु गरेका छन् ।
विगत १३ बर्ष अघि निर्माण कार्य प्रारम्भ भएका वागमती नदीको पुल यत्रो समय वितिसक्दा पनि निर्माण कार्य सुचारु नहुँदा रौतहट निर्वाचन क्षेत्र नम्वर १ को क बाट नेपाली काँग्रेसका प्रदेश साँसद नागेन्द्र साहको नेतृत्वमा दुर्गाभगवती र यमुनामाई गाउँपालिका स्थानीय बासिन्दाहरु गौर चन्द्रपुर सडक खण्डमा पर्ने यमुनामाईको बम नहरमा बुधवार दिउसो १.१५ बजे देखि बाटो अवरुद्ध बनाएर अनिश्चितकालिन धर्ना प्रदर्शनमा बसेका हुन् ।
धर्ना प्रदर्शनमा बसेपछि प्रमुख सडक अवरुद्ध भएपछि सवारी साधनहरु बाटोमै अलपत्र भएका छन् भने स साना सवारी साधनहरु बैकल्पिक बाटो भएर जान विवश भएको बताइएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा स्थित वागमती नदीमा २०६७ साल जेठ ३१ गते तात्कालिन प्रधानमन्त्रि माधवकुमार नेपालद्धारा पक्कि पुलको शिलान्यास गरिएका थिए । तिन बर्षमा पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भन्दै लुम्बनी विल्डर्सले ६३३ मिटर चौडाई भएको पुलको ठेक्का सकार गरी निर्माण कार्य प्रारम्भ गरेको थियो । तर पुलको डिजाइन फेलुअर भएपछि २०७० साल देखि निर्माण कार्य अवरुद्ध भई निर्माण कम्पनी फरार भएको थियो ।
निर्माण सुरु भएको समय देखि झण्डै १३ बर्ष वितिसक्दा पनि हुलाकी सड्कको पुलको निर्माण कार्य पुरा हुन सकेनन् । तात्कालिन प्रधानमन्त्री नेपालद्धारा शिलान्यास गरिएको अति महत्वाकाँक्षी योजनाको पुल निर्माण कार्य अलपत्र छाडी फरार भएका लम्बनी विल्डर्स प्राली सिद्धार्थनगरको फर्मबाट ठेक्का सकार गर्ने पप्पु कन्ट्रक्सनका तत्कालिन संचालक हरिनारायण रौनियारलाई सम्बध निकायले पटक पटक ताकेता गर्दा समेत अटेरी गरेपछि निजलाई कालोसुचीमा राखेर टेण्डर प्रक्रिया रद्द गरिएको थियो ।
पुलको १७ वटै स्पानको काम सकिएको अवस्था छ, पुलको काम ६० प्रतिशतको हाराहारीमा मात्रै पुरा भएको छ, लुम्बिनि बिल्डर्स प्राली सिद्धार्थनगरको फर्ममा पप्पु कन्ट्रक्सनले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयामा ठेक्का सकार गरेका थिए । फर्म लुम्बनीको भएपनि सम्पुर्ण कामको जिम्मा पप्पु कन्ट्रक्सनले लिएको थियो ।
तत्कालिन निर्माण कम्पनीलाई कालो सुचीमा राखेर ठेक्का रद्द गरेपछि पुन ः प्राविधिक डिजाइनमा परिवर्तन गरी वृहत रुपमा डिपिआर गरेर पुलको स्पान थपगर्ने, नदीको धार परिवर्तन गरिने, पुलको एप्रोच सडक बनाउने, विम ढलान गर्ने लगायतको कामका लागि झण्डै ८० करोड रकम विनियोजन गरेर टेण्डर गर्दा महालक्ष्मी विकास वाइपी जेभीले ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयामा सकार गरेको दुई बर्ष वितिसक्दा पनि काम सुरु नहुँदा स्थानीय बासिन्दाहरुले पटक पटक स्थानीय प्रशासन लगायत सम्बध निकायको ध्यानाकर्षण गराउदा पनि सुचारु नहुँदा आफूहरु बाध्य भएर बाटो अवरुद्ध गरेर धर्नामा बस्नुपरेको प्रदेश साँसद नागेन्द्र साहले गुनासो गरे ।
यस विषयमा हुलाकी सडक आयोजनाको वीरगञ्ज कार्यालयका प्रमुख दिपक झाले सम्बध कन्ट्रक्सनले डिजाइन पेश नगरेको हुँदा निर्माण कार्यमा ढिलाई भईरहेको उनले भने । यही पुस २९ गते भित्र डिजाइन पेश गर्न लिखित रुपमा कन्ट्रक्सनले सहमति गरेको हुँदा त्यो समयको प्रतिक्षा गर्नुपर्ने बताए ।
बाटो अवरुद्ध खुलाउन स्थानीय प्रशासनले निकै पहल गरिरहदा पनि प्रदेश साँसद साहले माधवकुमार नेपाल सहित नेपाल सरकारको सम्बध मन्त्रालयबाट यथोचित रुपमा सम्बोधन भएपछि मात्रै अवरुद्ध खुल्ने नत्र हामी अनवरत रुपमा बाटोमै बस्ने समेत अडान उनले राख्दै आएका छन् ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन