तराई टप संवाददाता
रौतहट, २९ साउन । कुस्ती खेलाडी उपेन्द्र दास वैरागीलाई हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले १० पछि पक्राउ गरेपनि रौतहट जिल्ला अदालतले शुक्रवार सामान्य तारेखमा छाड्ने आदेश दिएको छ ।
रौतहट जिल्ला अदालतको १ नम्वर इजलाशको न्यायाधिश काजीबहादुर राईको इजलाशमा जिल्ला प्रहरी कार्यालय रौतहटले गत बुधवार कत्र्तव्य ज्यान मुद्दामा आरोपित रहेका सोनफी लाल पासवानलाई १० बर्ष गरी उपस्थित गराउदा शुक्रवार उनलाई सामान्य तारेखमा रिहा गर्ने आदेश दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
चर्चित अपराधको मुद्दालाई सम्बेदनशिल भएर मात्रै न्यालयले हेर्नु पर्छ, पिडित परिवार धेरै आश लगाएर मुद्दामा बर्षौ देखि अदालतमा धाएका हुन्छन् तर उनको बाध्यतालाई न्यायमुर्तीहरु किन नबुझेको होला ? प्रहरीले अपराध नियन्त्रणमा देखाएको भुमिकालाई किन निरुत्साहित गरिएको होला ? अपराध गरेर यसरी मानिसलाई आर्थिक वा सेटिंगको आधारमा छाडिदा समाजमा त्यसको असर कस्तो पर्ला ? अलिकति पनि विचार किन गरिदैनन्, यो आम नेपाली जनता सहित पिडित परिवारको प्रश्न हो न्यायमुर्ती संग, के जस्तो सुकै अपराध गरेर पावरको वलमा छाडिन मिल्छ भने किन चाहियो न्यायमुर्तीहरु ? दुईवटा फैसलाले समाजमा बस्ने सध्य व्यक्तिलाई ससंकित एवं त्रसित बनाउने काम तत्काल बन्द गरियोस तराई टपले सम्बन्धित निकाय संग जोडदार रुपमा माग गर्दछ ।
आठौं दक्षिण एशियाली खेलकुद (साफ) मा कुस्ती तर्फ कास्य पदक विजेता उपेन्द्र दास वैरागीलाई २०६८ साल असार २३ गते गौर नगरपालिकाको कर्मचारी मिलन केन्द्र छेउको बाटोमा साढे ८ बजे राति कन्चटमा गोली हानेर हत्या गरिएका थिए । राष्ट्रिय÷अन्तरराष्ट्रिय खेलाडी वैरागीलाई केही व्यक्तिहरु योजनाबद्ध तवरबाट विद्युतिय आपूर्ती अवरुद्ध गराई कन्चटमा गोली हानेर हत्या गरिएको थियो ।
हत्या पछि पिडित परिवारवारले ५ जना माथि किटानी जाहेरी दिएका थिए । जसमध्ये तिन जनालाई प्रहरीले २०७५ साल जेठ ३ गते पक्राउ गरेर अदालतमा उपस्थित गराउदा तिनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएका थिए तर २०७७ माघ १४ गते अदालतबाट तिनै जना सफाई पाएर काराकार मुक्त भएका थिए । आरोपित मध्ये देवाही गोनाही ३ का सोनफी लाल पासवानलाई गौर नपा ५ बाट प्रहरीले पक्राउ गरेर अदालतमा बुझाउदा आज सामान्य तारेखमा छाडिनु आदेशबाट पिडित परिवारलाई न्याय पाउने आशा समाप्त भएको बताइएको छ ।
आरोपित नम्वर ५ शिवजी राय यादव अझै फरारको सुचीमा रहेको बुझिन आएको छ । चर्चित व्यक्तिलाई हत्या गरी जघन्य अपराध गर्नेहरुलाई अहिले अदालतको सेटिंगमा धमाधम छुट्ने क्रम जारी रहदा समाजमा अपराधीहरुको बोलबाल बढ्दै गएको सर्वसाधारण अदालती न्याय प्रक्रियाबाट झन् पिडामा पर्दै गएको पिडित पक्षहरुले आरोप लगाएका छन् ।
यस्तै माधवनारायण नगरपालिका खेसरहियामा रहेको हनुमान मन्दीरका पुजारी श्रीराम साहलाई खाना खाईरहेको समयमा २०७७ साल भदौं ३ गते राति ९ बजेको समयमा कन्चटमा गोली हानेर हत्या गरेका अपराधी सोझै अदालतमा उपस्थित भई २ लाख नगदमा छुट्ेको साता दिन वित्न नपाउदै आज शुक्रवार पुन ः पासवानलाई छाडिनु संयोग मात्रै नभई सेटिंगमा भएको स्पष्ट रुपमा बुझिन सकिन्छ पिडित परिवारले गुनासो गरे ।
पुराजी साहको मुद्दामा २ जना पुर्पक्षका लागि गौर कारागारमा छ तर मुख्य योजनाकार नगद धरौटीमा रिहा भई गाउँमा विजय जुलुश निकाले ठूलो विजय प्राप्त गरेको जस्ता प्रदर्शनबाट पिडितहरु झन् डराएको पिडित परिवारलाई मुख खोल्न समेत गाह्रो भएको अवस्था सृजना भएको छ ।