वागमती नदीमा पुल अबिलम्ब बनाउनु पर्ने माग राख्दै दोश्रो दिनपनि धर्ना प्रदर्शन जारी

73 Shares

लगातार ३२ घण्टा देखि गौर चन्द्रपुर सडक अवरुद्ध भएपनि सम्बध निकाय बाटो सुचारु गराउन उदाशिन

रौतहट, १९ पुस । स्थानीय बासिन्दाहरुद्वारा अविलम्ब पुल बनाउन माग राख्दै गौर चन्द्रनिगाहपुर सडक खण्डको बम नहरमा विहिवार दोश्रो दिन सडक अवरुद्ध बनाएर धर्ना प्रदर्शन जारी राखेका छन् ।
पुर्व पश्चिम राजमार्गबाट रौतहट सदरमुकाम गौरलाई जोड्ने प्रमुख सडकको रुपमा रहेको गौर चन्द्रपुर सडक खण्डको बम नहरमा पाल टेन्ट हालेर बुधवार दिउसो १.१५ बजेको समय देखि प्रदेश साँसद नागेन्द्र साहको नेतृत्वमा धर्ना प्रदर्शन जारी रहदा सवारी साधनलाई अन्य बैकल्पिक बाटो भएर सदरमुकाम गौर आउन जान विवश छन् तर सम्बध निकाय बाटो सुचारु गराउने तर्फ खासै पहल भएको पाइएको छैनन् ।
मेची देखि महाकाली सम्म तराईका सदरमुकामलाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गत रौतहट र सर्लाहीको बीचमा पर्ने दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा स्थित वागमती नदीमा निर्माणाधिन पुल विगत १३ बर्ष देखि अलपत्र रहदा स्थानीय बासिन्दाहरु उक्त पुल अविलम्ब बनाउनुपर्ने माग राख्दै हिजो देखि प्रमुख राजमार्गलाई अवरुद्ध बनाएर सडकमै धर्ना बसिरहेका छन् ।
२०६७ साल मा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल तथा भौतिक निर्माण तथा यातायात मन्त्री विजयकुमार गच्छेदारले संयुक्त रुपमा शिलान्यास गरेका पुल २०८० साल वित्न लाग्दा पनि निर्माण कार्यले गति नलिदा स्थानीयहरु पटक पटक सम्बध निकायको ध्यानाकर्षण गराउदै आएको तर कुनै वास्ता नगर्दा बाध्य भएर सडकमा बस्नु परेको गुनासो प्रदेश साँसद नागेन्द्र साहले गरे ।
धर्ना स्थलमा बसेका स्थानीयहरुका अनुसार हाम्रा साँसद माधवकुमार नेपाल रहेको हुँदा उनलाई पटक पटक पुल बनाउन माग गर्दै आएको र अहिले संघिय सरकारमा उनकै पार्टीका भौतिक निर्माण तथा पूर्वाधार मन्त्री रहेको अवस्थामा यथोचित रुपमा सम्बोधन गराउन नसक्दा बाध्य भएर धर्ना प्रदर्शनमा बस्नुपरेको गम्भीर आरोप लगाए । यदी हामीहरुको समस्यालाई समाधान नगरिए आत्मदाह गर्ने स्थानीय बयोवृद्ध किशोरी ठाकुरले सोको जिम्मेवार नेपाल सरकार र माधवकुमार नेपाल हुने चेतावनी दिए ।
चिसोको समयमा सबै कामलाई थाँती राखेर खुला अकाशमुनी धर्नामा बस्न कसलाई रहर लाग्छ, तर आफनो समस्या समाधान गर्नका लागि अहोरात्र बसेर एक सुत्रिय माग वागमतीमा अलपत्र अवस्थामा रहेका पुल बन्नुपर्ने बाहेक अन्य कुनै विकल्प नरहेको धर्नामा बसेकाहरुले आक्रोश व्यक्त गरे ।
पुर्व पश्चिम राजमार्ग देखि सदरमुकाम गौरलाई जोड्ने प्रमुख बाटोको रुपमा रहेका गौर चन्द्रपुर सडक खण्डको बम नहरमा हिजो देखिनै धर्ना प्रदर्शनमा बसेकाहरुलाई यथोचित लिखित रुपमा सम्बोधन भएमा मात्रै यहाँबाट हट्ने भने पनि अहिले सम्म नेपाल सरकारबाट सडक अवरुद्ध सुचारु गराउन पहल भएको देखिदैनन् ।
जिल्लाको यस्तो अवस्थामा पनि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी विदामा रहदा झन् समस्या बल्झेको बुझिएको छ । उहाँ विदामा काठमाडौंमा रहदा प्रमुख सडक अवरुद्ध हुनु, प्रशासनीक जिम्मेवारी भएका कर्मचारीबाट निर्वाह नहुनु लगायतका समस्या रहदा अविलम्ब प्रजिअ रेग्मीको विदा समाप्त गरेर रौतहट आई समस्या समाधान गर्नुपर्ने धर्नाकारीहरुको अडान रहेको नेपाली काँग्रेस मधेश प्रदेश प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले बताए ।
यो समस्या एक दुई पालिकाको नभई समग्र मधेश प्रदेशको समस्या भएको र प्रदेशबाट सम्भव नभई संघिय सरकारको समस्य रहेको हुँदा गठबन्धनको सरकारले अविलम्ब रौतहट र सर्लाही बासीलाई सम्बोधन गरी समस्यालाई समाधानको उपाय निकाल्न उनले सुझाव दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।