राधेश्याम कुशवाहा
मधुवनी (सर्लाही), १९ पुस । गोडैता नगरपालिका १२ मधुवनीमा अतिक्रमण गरिएको सडकमा आरसिसी ढलान गरिएको छ ।
वडाअध्यक्ष केशव कुमारको विशेष पहलमा विगत १८ बर्ष देखि अतिक्रमण गरिराखेको सडकमा १३ फिट चौडाई ढलान गरिएकाे छ ।
आज एक कार्यक्रमका बिच गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव विवादित सडकको उदघाटन समेत गरेका गरे ।
गोडैता नगरपालिकाको वडास्तरिय योजनाको ११ लाखको लागतमा महेश राउतको घरदेखि घनश्याम राउतको घरसम्म्म ८५ मिटर आरसिसी सडक ढलान गरिएको छ ।
सडक चौडा गरी ढलान भएसंगै स्थानीयवासीहरुलाई आवतजावतमा सहज हुनुका साथै एम्बुलेन्स लगायत अतिआवश्यक सवारी साधन ल्याउन सहज हुने उपेक्षा गरिको छ।
३० बर्षअघि निर्माण भएका सडकमा स्थानीयवासीले गाईगोरु बाधेर कब्जा गर्नुका साथै सडकमै घर निर्माण गरिदिएका थिए । वडाअध्यक्ष केशव कुमारका अनुसार पटकपटक वार्ता र लामो प्रयासपछि विवादित सडकमा ढलान गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।
सडक बनाउन जादा हजुरबा बनाउन नसक्दा नाति आएछ भनी कतिपयले कुरा समेत काटेको र अन्तिम समयमा भएपनि साविक १० फिटको अतिक्रमीत सडकलाई ३ फिट बढाएर ढलाउन सक्नुलाई वडाअध्यक्ष केशव कुमारले ठूलो सफलताको रुपमा लिए ।
सडक उदघाटन समारोहमा बोल्दै मेयर देवेन्द कुमार यादवले स्थानीय सरकारले विकास निर्माण कार्यलाई प्राथमिकता को सुचिमा राखेर कामलाई तिब्रता दिएको र आफनो कार्यकालमै नगरका सारा सडक ढलान हुने दाबी गरे ।
सडकको उदघाटन समारोहमा नगरप्रमुख सहित वार्ड १२ का वडासदस्य, स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट