सडक विभागको ६ बुंदे निर्णय पछि गौर चन्द्रपुर सडक शुक्रवार दिउसो १ बजे देखि सुचारु

81 Shares

रौतहट, २० पुस । सडक विभागले भोली देखि वागमती नदीमा पुल बनाउने कार्य सुचारु गराउने निर्णय संगै गरेको प्रतिबद्धता संगै गौर चन्द्रपुर सडक खण्डको बम नहरमा अवरुद्ध सडक शुक्रवार दिउसो १ बजेबाट सुचारु भएको छ ।
पुस १८ गते दिउसो १.१५ बजेको समयदेखि दुर्गा भगवती, यमुनामाई, राजपुर का जनताहरु प्रदेश साँसद नागेन्द्र साहको नेतृत्वमा गौर चन्द्रपुर सडक खण्डको बम नहरमा बाटो अवरुद्ध बनाएर धर्नामा बसेका ४८ घण्टा भित्रै सडक विभागको गम्भीर ध्यानाकर्षण भएर गरिएका ६ बुंदे निर्णय पश्चात तिन दिन देखि अवरुद्ध सडक आज दिउसो १ बजेबाट सुचारु भएको हो ।
सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालको अध्यक्षतामा हिजो बसेको बैठकमा स्थानीय बासिन्दाहरुले बर्षौ देखि भोग्दै आएको पीडा मर्कालाई ध्यानमा दिदै र गौर चन्द्रपुर सडक खण्ड तिन दिन देखि अवरुद्ध हुँदा सर्वसाधारण एवं सवारीसाधनहरुले भोग्दै आएको कठिनाईलाई मध्यनजर राख्दै नेपाल सरकारको मन्त्रीपरिषदले अविलम्ब उक्त समस्या समाधान गर्न निर्देशन दिएपछि उक्त निर्णय भएका छन् ।
विहिवार सडक विभागका महानिर्देशक ढकालको अध्यक्षतामा हुलाकी राजमार्ग आयोजना निर्देशनालय, सडक विभाग पुल महाशाखा लगायतका सम्बध सरोकारवाला निकायको प्रमुखहरुको उपस्थितिमा भएको निर्णयमा वागमती (बडहर्वा) पुलको निर्माण कार्यको एक्जेस्टींग स्ट्रक्चर भेरिफिकेशनको कार्य पुस २१ देखि सुरु गरेर ७ दिन भित्र सम्पन्न गर्ने, पुस १९ गते भएको प्रस्तावित डिजाइन अनुसारको निर्माण कार्य निर्माण व्यवसायीद्धारा अविलम्ब सुरुआत गर्ने, सोही पुलको रिभ्युड डिजाइन ड्रोइंग अविलम्व स्वीकृतिको लागि सडक विभागमा पेश गर्ने, रिभर ट्रइंग पूर्वपटिको कार्य स्पेशिफिकेशन अनुसार करेक्सन गर्ने तथा पश्चिमपटीको काम अविलम्ब सुरुआत गरी निर्माण कार्यलाई निरन्तरता दिने, विओक्यु अनुसार सव सट्रक्चर को स्ट्रेृजस्टींग को कार्य तत्कालै सुरुआत गर्ने, पुस १९ गते देखि १५ दिन भित्र साइटमा निर्माण कार्य नभएमा तथा साइट मा मोविलाइज नभएकोमा नियमानुसार ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउने ६ बुंदे निर्णय भएको प्राप्त पत्रमा उल्लेख गरिएका छन् ।
सडक डिभिजन विभागको आधिकारिक निर्णयलाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मणीभुषण साहले वाचन गरेर सुनाए । उक्त अवसरमा रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दन झा सहितका प्रशासन कार्यालयका प्रतिनिधिहरुको रोहवरमा बन्द सडकलाई सुचारु गराइएका छन् ।
निर्णयको प्रमाणित पत्र प्राप्त भएपछि प्रदेश साँसद नागेन्द्र साह, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंह, श्रीराम यादव, नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश साँसद सुनिल यादवले जनताहरुद्धारा ४८ घण्टा देखि निरन्तर चिसोमा सडकमै बसेर दिइरहेको धर्ना प्रति सम्बध निकायको ध्यानाकर्षण भई सम्बोधन गरेकोमा धन्यवाद दिदै समय समयमा जनताहरुले पुल निर्माणकार्यलाई सहज बनाउन अनुगमन गर्नुपर्ने, भएका विवादलाई साम्य पार्नुपर्ने र ढिलासुस्ती भएमा खवरदारी गर्ने प्रतिबद्धता जनाउदै धर्ना कार्यक्रममा सहभागी भएको रौतहट र सर्लाहीका जनताहरुलाई धन्यवाद दिए ।
सडक विभागको निर्णय अनुसार पुलको निर्माण कार्यमा अटेरी भयो भन्ने यसभन्दा पनि कडा खालको संघर्षमा उत्रिने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।