सर्लाही, २० पुस । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रवार साँझ ५ बजे देखि कर्पm्यु आदेश जारी गरेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीको विषयलाई लिएर बरहथवा नगरक्षेत्रमा भएको सार्वजनिक सम्पत्ती तोडफोड, ढुंगामुढा, आगजनी तथा उच्श्रृंखल गतिविधिले उग्र रुप लिएपछि सर्वसाधारणको सुरक्षालाई मनन गर्दै अवस्थालाई नियन्त्रणमा लिन आज साझ ५ बजे देखि शनिवार विहान ८ बजे सम्मेको लागि कर्पm्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएका हुन् ।
बरहथवा नगरक्षेत्रको उत्तरमा सोती चोर्निया पुल, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दीर र पूर्वमा सीतापुर जाने बाटोको ब्रम्ह्स्थानको क्षेत्र भित्र कर्पm्यु आदेश जारी गरिएका छन् ।
कर्पm्यु अवधिमा आवतजावत गर्न नपाइने, भेला गर्न नपाइने, बाहिर हिडडुल गर्न नपाइने एवं कुनै प्रकारको उच्श्रृंखल गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) (१) (३) बमोजिम आज साझ ५.३० बजे देखि लिएर शनिवार विहान ८ बजे सम्मको लागि कर्पm्यु आदेश लगाइएको प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।
कर्पm्यु आदेशको उलंघन गर्नेलाई सुरक्षामा खिटएका सुरक्षाकर्मीहरुले आवश्यक्ता अनुसारको वल प्रयोग गरी कानुनी कारवाही समेत गर्ने उनले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन