वागमती नदीले जग्गा कटान तिव्र, नियन्त्रणको प्रयास भएन

539 Shares

तराई टप संवाददाता
रौतहट, ३२ साउन । केही दिन देखि भईरहेको साउने झरी संगै वागमती नदीमा आएको बाढीबाट रौतहटको गढिमाई नगरपालिका वडा ३ मा खेती योग्य जग्गालाई वागमती नदीले तिव्र रुपमा कटान गरिरहेका छन् ।
गढिमाई नगरपालिकाको वडा नम्वर ३ लक्ष्मिपुर स्थित वागमती नदीले पचासौं विगहा जग्गामा लगाइएको धान र केरा बाली भएको जग्गा तिव्र रुपमा कटान गरिसकेका हुन् । कटान कार्य जारी रहदा केराको बोटमा फलेको नष्ट भईरहदा स्थानीय किसानहरु चिन्तीत बनेका छन् ।

किसानको पिडा

स्थानीय रहमान अन्सारी सोमवार विहानै खेतमा जाँदा १० कत्ठामा लगाएको केरा खेती भएको जग्गा वागमतीले रातभरीमा कटान गरिसकेको बताउदै धेरै पुर्वमा रहेको वागमती नदी पछिल्लो तिन देखि तिव्र रुपमा भईरहेको कटानबाट पचासौं विगहा जग्गामा लगाईएको केरा र धान बाली नदीले निली सकेको गुनासो गरे । कटान नियन्त्रण गर्न सम्बन्धित निकाय उदाशिन रहदा आफूहरुको बाली वागमतीमा समाएको बताए ।
अधिकाँश किसानहरु बर्ष भरीको लागि जोहो गर्ने सम्पती बागमती नदीले कटान गर्दा परिवारको हातमुख जोड्न निकै गाह्रो हुन् चिन्ता व्यक्त गर्दै कोरोनाको मार खेप्नु परेका किसानहरुलाई अर्को आफत वागमती नदीले सृजना गरेको गुनासो गरे । कटान कार्य तिव्र रहेकै कारण पश्चिमी बाँधको पाँच मिटर नजिक नदी पुगिसकेको हुँदा बाँध कटान हुने सम्भावना बढेर गएको पिडितहरुले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भटराईले वागमती नदी कटान सम्बन्धमा स्थानीय बासिन्दाहरु मार्फत जिल्ला प्रशासन कार्यालयलाई हिजै जानकारी प्राप्त हुना साथ वागमती तथा लाल बकैया नदी नियन्त्रण योजनाको प्रमुखलाई तत्काल नियन्त्रणको कार्य थालनी गर्न निर्देशन दिइसकेको बताए । सम्बन्धित स्थानीय तहलाई पनि नियन्त्रणको कार्यमा सकारात्मक भुमिका निर्वाह गरी बाँधलाई संरक्षण गर्दै स्थानीयहरुको जग्गालाई सुरक्षित राख्न समेत आग्रह गरिएको जानकारी उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार