बरहथवा (सर्लाही), २२ पुस । अस्पतालको विषयलाई लिएर जारी आन्दोलनको क्रममा शुक्रवार दिउसो प्रहरीको गोली लागेर मारिएका युवकको जयशंकर साहको शव तेश्रो दिन पनि चोर्निया पुलबाट उठन सकेको छैनन् ।
आन्दोलनरत पक्ष र पीडित परिवारको मागलाई राज्यबाट सम्बोधन हुन नसकेपछि आईतवार समाचार तयार हुनजेल सम्म वार्ता निष्कर्षमा पुग्न नसक्दा शव व्यवस्थापन हुन नपाउदा विद्युत प्राधिकरण नजिकैको चोर्निया पुलमै रहेका हुन् ।
बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडबाट स्तरोन्नति गरेर ५० बेडको बनाई प्रदेश सरकारलाइ हस्तान्तरण गर्नुपर्ने माग राख्दै नेपाली काग्रेस, जसपा, जनमत, बहुजन पार्टी लगायतका पाँच दलिय गठबन्धन नगरपालिकाको मेयर कल्पनाकुमारी कटुवालको बिरोधमा आन्दोलनमा उत्रिएपछि प्रहरी र प्रदर्शनकारी बिच भएको झडपको क्रममा सडक पेटिमा हिडिरहेका युवक साहको टाउकोमा गोली लागेर शुक्रवार मृत्यु भएको थियो ।
उनी कुखुराको फर्मबाट दाना राखेर फर्किदै गर्दा बाटो मै प्रहरीले चलाएको गोलि टाउकोमा लागेर घटना स्थलमै ज्यान गएको पीडित परिवारले बताएका छन् ।
सर्लाहिको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला सहितका सुरक्षा निकायका प्रतिनिधि, आन्दोलनरत पक्ष र पीडित परिवार बिच इलाका प्रहरी कार्यालय बरहथवामा शनिवार साझबाट सुरु भएको छलफल राती अबेर सम्म चलेपनी निष्कर्षमा पुग्न सकेन ।
छलफलमा प्रहरीको गोलि लागेर ज्यान गुमाएका साहको परिवार तथा आन्दोलनरत पक्षले सामुहिक रुपमै मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्रादेशिक अस्पतालको नामकरण र स्तरोन्नती तथा बरहथवाका मेयरको राजीनामा घटनाका मुख्य दोषि बरहथवाका डिएसपी गङ्गा बहादुर थापालाई निलम्बन तथा घटनाको न्यायीक छानबिन लगायतका माग राखेका छन् ।
युवक साहको मृत्युपछि स्थानीय प्रशासनले शुक्रबार साझ देखि लगाएको कर्फ्यु शनिबार बिहान ८ बजे सम्म बरहथवा क्षेत्रमा कर्फ्यु लगाएको थियो । शनिबार बिहान आठ बजेपछि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको थियो । यो समाचार तयार पर्दा सम्म बरहथवाको अवस्था तनाब पुर्ण रहेको छ । आन्दोलनरत पक्षले ठाउँठाउमा टायर बाली प्रदर्सन गर्दै बरहथवा बजार बन्द गराएका छन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन