69
Shares
रौतहट, २२ पुस । चन्द्रपुर नगरपालिकाले मुख्य चोक देखि गौर जाने सडक खण्डमा सडक पेटीमै ठेला राखेर फुटपाट पसललाई हटाउने अभियान सुरु गरेको छ ।
विभिन्न संचारमाध्यमहरुमा सडक अतिक्रमण गरेर ठेला राख्दा दुर्घटनाको जोखिम बढेको बिषयमा समाचार प्रकाशित भएपछि चन्द्रपुर नगरपालिकाले त्यस तर्फ चासो देखाउदै फुटपाट पसललाई हटाउने अभियान सुरु गरेको हो ।
मेयर संजय कुमार काफ्लेले सडकमै व्यापार गर्नेको ठेला उठाउन निर्देशन दिएपछि कार्यपालिका सदस्य नेत्र कुस्वार सहितको नगरपालिकाको टोलिले ठेलाहरुलाई हटाएको छ ।
नगरपालिकाबाट पटक पटक सडक पेटीमा व्यापार नगर्न, सडक अतिक्रम गरेर व्यापार नगर्न आग्रह गरेपनि अटेरी गर्दै आएपछि नगरपालिका बाध्य भएर ठेला उठाउनु परेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन