सर्लाही, २२ पुस । बरहथवाको अवस्थालाई शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले सकारात्मक भूमिका निर्वाह गरी वार्ताबाट ११ बुंदे सहमती राज्य पक्ष र आन्दोलनकारी तथा पीडित परिवार बीच सहमती कायम भएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवामा जिल्ला सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा बसेका सुरक्षा निकाय प्रमुख सहितका घटनाका परिवार परिवार, प्रदेश सरकारका अर्थ मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंह, बरहथवा नगरपालिकाको नगरप्रमुख कल्पनाकुमारी कटुवाल, राजनीतिक दलका प्रतिनिधिहरु र सरोकारवाला निकायका प्रतिनिधिहरु बीच सहमती भएको हो ।
२०८० पुस २० गते बरहथवा नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने विषयमा भएको विरोध प्रदर्शन पश्चात सृजना भएको समस्या समाधान गर्न गहन छलफल भई १० बुंदे सहमती कायम भएको जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीले जनाएका छन् ।
दुई पक्षबीच बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० सैयाको बनाउने, सो अस्पतालको नाम मृतकको नाउँबाट नामाकरण गर्ने, मृतकको परिवारको एक जना सदस्यलाई रोजगारी प्रदान गर्ने, संघीय सरकारले मृतक परिवारलाई १० लाख दिने घोषणा गरेको र प्रदेश सरकारले समेत पहल गर्ने र गोलि हान्ने प्रहरिलाई अविलम्ब कारवाही गर्ने लगायतका मुख्य सम्झौता भएको छ ।
निर्णयहरुः
१. मिति २०८० पौष २० गते शुक्रबार वरहयवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको
बिरोध प्रदर्शनका कममा बरहयवा नगरपालिका वडा नं. ६ का युवा व्यवसायी जय शंकर साहको असामयिक निधनले शोकमग्न भएका छौं । दुःखको यस घढीमा दिबडगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति वैर्ष धारण गर्ने शक्ति प्राप्त होस भन्दै समवेदना व्यक्त गरियो ।
२. गृह मन्तरालपरद्धारा गठित छानबिन समितिलाई सबै प्रकारले आ–आफ्नो तर्फबाट घटना सम्बन्धमा स्वतन्त्र निष्पक्ष छानविन गर्न सहयोग गर्ने ।
३) पीडितको आश्रित परिबारको १ जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने ।
४. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानून बमोज्रिम प्रक्रिया पुरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने । अस्पताल संचालन सम्बन्धमा बरहथवा नगर प्रमुख र मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्वीको सहकार्य एवं छलफलबाट टुंग्याउने ।
५. अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक जय शंकर साहको शालिक स्थापना गर्ने ।
६. उद्योग वाणिज्य संघ बरहथवा सहित पाँच दलीय गठबन्धनले सबै विरोधका कार्यक्रमहरु स्यगित गर्ने र विगतलाई बिर्सी आगामी दिनमा नगरपालिकालाई शान्ति पूर्वक संचालनको लागि सबै पक्षले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्ने ।
७. मृतकको संम्झनामा निजको नामबाट प्रक्रिया पुर्याई प्रादेशिक अस्पताल बरहथवाको नामाकरण गर्ने ।
८. दोषी प्रहरी कर्मचारीलाई छानबिन गरी कारवाहीको प्रक्रिया अगाडी वढाउने ।
९. मृतकलाई शहिद घोषणा गर्ने प्रक्रियाको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने ।
१०,आन्द्रोलनका कममा भएका सार्वजनिक तथा निज्री संरचना, सवारी साधन लगायत सम्पत्तिको क्षतिको मूल्यांकन गरी सम्बन्धित निकायबाट क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गर्ने ।
११. मृतकको पार्थिव शरीरलाई तत्काल व्यवस्थापन गरी पोस्टमार्टम पश्चात आफन्तलाई बुझाउने ।