बरहथवा (सर्लांही), २३ पुस । अस्पताल स्तरोन्नतीको बिषयलाई लिएर भएको प्रदर्शनको क्रममा शुक्रवार प्रहरीको गोलीबाट मृत्यु भएका युवक जयशंकर साहको सोमवार बागमती नदीमा दाह संस्कारको समयमा मेधश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरेन्द्र सिंह उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
आज विहानै बरहथवा बजारमा शव यात्रा निकाल्दै सयौंको संख्यामा सहभागी भएर वागमती नदीमा अन्तिम दर्शन गर्न एवं दाहसंस्कारमा सहभागी हुन मानिसहरुको ठूलो भिड लागे । साही क्रममा मधेश प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका सिंह पनि वागमती नदीमा पुगेर युवक साह प्रति श्रद्धाञ्जली दिदै उनको आत्मको चिरशान्तिको लागि इश्वर संग कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गरे । युवक साहको सहादतलाई मधेश सरकारले खेर जान नदिने तथा उनको उद्देश्यलाई पुरा गराएमा मात्रै उनी प्रति सच्चा श्रद्धाञ्जली हुने उनले स्पष्ट पारे । सो समयमा विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ताहरु, बरहथवाबासीहरु, बरहथवा उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु मलामीमा सहभागी भई युवक साह प्रति श्रद्धाञ्जी दिए ।
तस्वीर फिचरः




प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट