रौतहट, २३ पुस । गरुडा नगरपालिकाको उप नगरप्रमुख सहित ६ वटा वडाका अध्यक्षहरु सहितका बोर्ड सदस्यहरुले गरुडा नगर कार्यपालिकाको कार्यालयमा सोमवार चौथो दिन ताला लगाएर धर्ना प्रदर्शनमा बसेका छन् ।
“भ्रष्टाचारी नगरप्रमुखले राजिनामा देऊ” भन्दै ६ बुंदे मागहरु राखेर पुस २० गते देखि गरुडा स्थित कार्यपालिकाको मुख्य गेटमा ताला लगाएर उपनगर प्रमुख पुनम चौधरी सहितका बहुसंख्य बोर्ड सदस्यहरुले धर्ना दिएका हुन् ।
मुख्य गेटमै झुड्याइएको ब्यानरमा “कार्यपालिकाको नियमति बैठक बसाउन, नगर सभाका निर्णयहरु कार्यपालिका सदस्यहरु माझ सार्वजनिक गर, गत आ.व. २०७९–८० र यस आ.ब. को खर्चहरु कार्यपालिकाको बैठकमा पेश गर, कार्यालयको काम नगर्ने आफना भरौटे गोजीका करार कर्मचारीहरु खारेज गर, नगरपालिकाको इनधन व्यवस्थित गर र हरेक वडामा समान स्तरको बजेट विनियोजित गर” सहितका ६ सुत्रिय माग राख्दै गत चार दिन देखि कार्यालय अवरुद्ध बनाएर धर्नामा बसेको बताए ।
धर्नामा उपनगर प्रमुख चौधरी सहित ६ वटा वडाका अध्यक्ष, बोर्ड सदस्यहरु तथा पूर्व जनप्रनिनिधिहरु सहित नेपाली काँग्रेसका युवा नेता दीपक यादव सहितका व्यक्तिहरुले गरुडा नगरप्रमुख कन्ठमुणी जयसवालको भ्रष्टाचारी मोहका कारण नगरपालिकाको आर्थिक अवस्था धरमाएरको हुँदा निष्पक्ष रुपमा छानविन हुनुपर्ने समेत उनीहरुले अडान राखेको छ ।
यत पुस २० गते देखि नगर कार्यपालिकाको कार्यालयमा ताला लगाउदा कर्मचारीहरु कार्यालय समयमै आएर बाहिर बस्नुपरेको अवस्था सृजना भएको छ भने सेवाग्रहीहरु काम विनानै रित्तो हात फर्किनु परेको भएपनि सम्बध निकाय वार्ता एवं सहमतीको प्रयास गरिएको नदेखिदा गरुडा नगरपालिका लथालिंग अवस्थामा पुगेका छन् ।
यस बिषयमा गरुडा नगरपालिकाको नगरप्रमुख कन्ठमुणी जयसवाल संग सम्पर्क गर्न ९८५५०४२२०७ कल गर्दा फोन काटिदिए । नगरप्रमुख र बहुसंख्य बोर्ड सदस्य विच के को आन्तरिक विवादको वारेमा सम्बोधन गरेर चाँडै कार्यालय सुचारु गराउनका लागि बुझ्न खोज्दा उनले मोवाइल रिसिभ गर्न उपयुक्त ठान्नु भएन कि ।



प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट