भारतीय भोटरलिष्टमा नाम भएका त्रिवेणी ग्रुपका विजय गुप्ताले २०६३ सालमा नेपाली नागरिकता लिएको खुलासा

63 Shares

पर्सा, २३ पुस । जन्मको आधारमा भारतीय नागरिक भएपनि कृतिम कागजातको आधारमा नेपाली नागरिकता लिन सफल भएको छ ।
भारतीय नागरिकको हैसियतमा भारतको निर्वाचन आयोगको भोटरलिष्ट नाम उल्लेख भएका व्यक्तिले कृत्रिम कागजातहरुको आधारमा नेपाली नागरिकता लिन सफल भएको हो ।
त्रिवेणी ग्रुपका संचालक वीरेन्द्रकुमार संघाईको साझेदारको रुपमा रहेका संजयकुमार गुप्ता दोहोरो नागरिकताधारी व्यक्ति रहेको प्रमाणले पुष्टि गरेका छन् । संघाई समित नेपाल, शिवशक्ति फीड र त्रिवेणी फीडमा नेपाली नागरिकको हैसियतमा गुप्ता साझेदार रहेको बताइएको छ ।
भारत बिहार राज्यको गोविन्दगंज विधानसभा मुख्यग्राम ममरखा थाना मालाहि अरेराज अनुमण्डलको भाग संख्या १३९ EPIC नं AXH0413013 सिरियल नं ४६८ मा संजय कुमार भनि नाम उल्लेख भएको देखिन्छ । सो डिजिटल पानामा संजय सँगै उनको आमाबुवा दाजु भाई काका काकी समेतको नाम उल्लेख रहेको छ । यस बारेमा गुप्ता संग बुझ्दा उनले त्यो कागजात झूठो भएको दावी गरे ।
डिजिटल भारतिय मतदाता नामावलीमा नाम भएको व्यक्ति विशुद्ध रुपमा भारतिय नागरिक भएको ठुलो प्रमाण भएको वाणिज्यदूत शशीभुषण कुमारले बताउँछन् । संजय कुमार गुप्ताले २०६३–११–११ गते जन्मको आधार देखाई तत्कालीन हरपतगंज गाबिस वडा नं ४ बाट नेपाली नागरिकता लिएको देखिन्छ । त्यहाँबाट सराई बसाई गरेर अहिले वीरगञ्ज महानगरपालिका वडा नं ५ मा बस्दै नेपालको निर्वाचन आयोगमामा नाम दर्ता गराउन सफल भएका छन् ।
यदी कुनैपनि भारतिय नागरिक नेपालको नागरिकता हाँसिल गरेको छ भन्ने उसले भारतमा रहेको मतदाता नामावली सूचीबाट नाम कटाउनु पर्ने हुन्छ त्यसो गरेको नपाएमा त्यो भारतको कानुन अनुसार पनि दण्डनीय अपराध भएको भारतीय वाणिज्यदूत शशीभुषण कुमारले बताए ।
जन्मको आधारमा, कसैको छोरा बनेर यहाँ नागरिकता बनाउने एउटा गिरोह नै सक्रिय रहेको पाइएका छन् । खास गरेर नेपालको आर्थिक नगरीको रुपमा प्रख्यात रहेका वीरगञ्ज, रौतहट, सर्लाही सहितका मधेश प्रदेशका विभिन्न जिल्लाहरुबाट भारतीय नागरिकहरु नागरिकता बनाई दुबै तर्फ आफना गोरखधन्धा संचालन गर्दै आएको हुँदा त्यसता गैर नागरिकहरुलाई समयमै पहिचान गरेर कारवाही प्रक्रिया अघि बढाउन सम्बध निकायको ध्यान जानु जरुरी रहेको देखिन्छ ।
हालै रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुवाआमा भारतीय व्यक्ति रहेकोमा एक साइकलवालालाई नागरिकता दिन मिल्दैनन भन्दै कागजातहरु थन्काएको थियो तर उनका कैलाली सरुवा भएर गएकै दिन प्रशासकीय अधिकृतले उक्त कागजात निकालेर आर्थिक चलखेलको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र दिएको श्रोतले बतायो । त्यती मात्रै नभई गौरमा एक जना कार्यालय प्रमुखको नाता गोताको महिलालाई समेत नागरिक बनाउने चलखेल भईरहेको श्रोतले बतायो । यदी आर्थिक चलखेलको अधारमा नागरिकता बनाउनु गैरकानुनी कार्य गर्नेलाई कारवाही कहिले हुने हो भने अहिले सवत्र प्रश्न उठेका छन् ।
श्रोतः अंकुश दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।