निष्पक्ष रुपमा छानविन गरी प्रतिवेदन गृह मन्त्रालयमा बुझाउनेः संयोजक गौतम

81 Shares

राधेश्याम कुशवाहा

बरहथवा (सर्लाही), २४ पुस । सर्लाहीको बरहथवा घटनालाई लिएर गृह मन्त्रालयद्धारा गठित छानविन समितिले मंगलवार देखि स्थलगत रुपमा छानविनको कार्य सुरु गरेका छन् ।
गृह मन्त्रालयको सह सचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समतिका सदस्यद्धय प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भिमबहादुर बुढाथोकीले आज देखि स्थलगत रुपमा अनुसन्धान कार्य प्रारम्भ गरेका हुन् ।
थानेश्वर गौतम सहितको टोलीले बरहथवा घटनामा प्रहरीको गोलीबाट मृत्यु भएका युवक जयशंकर साहको परिवार संग भेटघाट गरेको छ भने अस्पतालको विषयलाई लिएर आन्दोलन गर्ने नेपाली काँग्रेस सहित पाँच दल संग बुझ्ने कार्य गरियो, घटनास्थलमा गएर स्थानीय प्रत्यक्षदर्शीहरु संग पनि सो टोलीले भेटघाट गर्ने क्रमलाई जारी राखेको छ ।
छानविन समितिका संयोजक गौतमले आफू निष्पक्ष रुपमा छानविन गर्ने प्रतिबद्धता जनाउदै समाजमा शान्ति सुव्यवस्था कायम राख्न स्थानीय बासिन्दाहरु, राजनीतिक दल र पीडित परिवारहरु संग अनुरोध गरे । हामी छानविन गर्न आएका छौं कसैको पक्ष वा विपक्षमा गर्दैनौं त्यसैले यहाँ भएका घटनाहरुलाई नबंग्याई सटिक रुपमा जे भएको छ त्यही राखेर छानविन कार्यलाई सहयोग गर्न संयोजक गौतमले आग्रह गरे । यहाँको यथार्थ बस्तुस्थितिलाई समेटेर तयार पारिएको प्रतिवेदन निर्धारित समय सिमा भित्र गृह मन्त्रालयमा बुझाउने बताए ।
वरहथवा नगरअस्पताललाई स्तरोन्नती गर्नका निमित्त प्रदेशिक अस्पतालमा गाभ्ने विषयलाई लिएर गत शुक्रवार प्रदर्शन उग्र हुँदा सोही क्रममा प्रहरीले गोली चलाउदा बरहथावा नगरपालिका वडा नम्वर ६ का ३० बर्षिय युवक जयशंकर साहको मृत्यु भएपछि तिन दिन सम्म चोर्निया पुलमै शव राखेर प्रदर्शन गरिएका थिए । आईतवार अवेर साँझ पीडित पक्ष, सरोकारवाला पक्ष र स्थानीय प्रशासन वीच सहमती कायम भएपछि आन्दोलनका सवै कार्यक्रम स्थगित भएपछि शवको अन्तिम संस्कार गरिएको थियो ।
आन्दोलनका कारण रणभूमिमा परिणत भएका बरहथवा बजारमा सोमवार देखि चहलपहल सुरु भएपनि मंगलवार देखि जनजीवन सामान्य बन्दै पसलहरु संचालनमा आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।