प्रतिबन्धित २ हजारको भारतीय नोट सहित साह रौतहट प्रहरीको नियन्त्रणमा

   ३२ श्रावण २०७८, सोमबार १६:२२  

तराई टप संवाददाता
रौतहट, ३२ साउन । नेपालमा प्रतिबन्ध रहेको दुई हजारको भारतीय नोट सहित एक जना भारतीय नागरिकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
आईतवार राति ८.३० बजेको समयमा वैरगनिया नाका भएर गौर प्रवेश गरेका भारत विहार दरभंगा जिल्लाको कम्तौलका ४० बर्षिय संजितकुमार साहलाई चेकजाँचको क्रममा २ हजार दरको १ लाख ३८ हजार भारतीय रुपैया सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
नियन्त्रणमा लिइएका साहलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि भारतीय नोट सहित राजस्व कार्यालय पथलैया वाराको जिम्मा लगाएको रौतहट प्रहरीका डिएसपी एवं प्रवक्ता नारायण प्रसाद चिमरियाले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै