मेयर माथि भ्रष्टाचारको आरोप लगाउदै रौतहटको दुई पालिकामा उपमेयरले लगाइन ताला

79 Shares

रौतहट, २४ पुस । मेयरले आफूखुशी रकम बाँडफाँड गरेर आर्थिक अनियमितता एवं भ्रष्टाचारलाई बढावा दिएको गम्भीर आरोप लगाउदै दुई स्थानीय तहको कार्यालय उपमेयर द्वारा ताला लगाउदा कार्यालयको कामकाज प्रभावित बनेका छन् ।
रौतहटको गरुडा नगरपालिकाको मेयर कन्थमुणी जयसवाल र कटहरियाका मेयर अजयप्रकाश जयसवार विरुद्ध सोही पालिकाको उपमेयर सहितका निर्वाचित बोर्ड सदस्य सहित जनप्रतिनिधिहरुले भ्रष्टाचारको आरोप लगाउदै ताला लगाउदा दुबै कार्यपालिका कार्यलयबाट सेवा प्रवाह हुने कार्य प्रभावित बनेका हुन् ।
गरुडा नगरपालिकाको उपमेयर पुनम चौधरी सहित ६ वटा वडाका अध्यक्ष सहित बहुसंख्यक बोर्ड सदस्यहरुले गत पुस २० गते देखि “भ्रष्टाचारी नगरप्रमुखले राजिनामा देऊ” भन्दै ६ बुंदे मागहरु राखेर कार्यपालिकाको मुख्य गेटमा ताला लगाई घेराउ धर्नामा बसेको छ ।
गरुडा नगरपालिकाको कार्यालयमा मंगलवार पाँचौं दिन धर्ना प्रदर्शन जारी रहदा कार्यालयको कामकाज प्रभावित हुँदै कामकाज गराउन आएका सेवाग्रहीहरु काम विनानै घर फर्किनुपर्ने विवश रहेका छन् ।

गरुडा नगरपालिकामा उपमेयर पुनम चौधरी र कटहरिया नगरपालिकामा उपमेयर रितादेवी यादवले नगरपालिकालाई भ्रष्टाचारको अखाडा मेयरले बनाएको आरोप लगाउदै अविलम्ब पछिल्लो सबै आय व्ययको हिसावकिताव सार्वजनिक गर्न मेयर विरुद्ध खनिदै लगाए कार्यपालिकाको कार्यालयमा ताला, कार्यालयमा ताला लगाउदा कामकाज प्रभावित ?

मुख्य गेटमै झुड्याइएको ब्यानरमा “कार्यपालिकाको नियमति बैठक बसाउन, नगर सभाका निर्णयहरु कार्यपालिका सदस्यहरु माझ सार्वजनिक गर, गत आ.व. २०७९–८० र यस आ.ब. को खर्चहरु कार्यपालिकाको बैठकमा पेश गर, कार्यालयको काम नगर्ने आफना भरौटे गोजीका करार कर्मचारीहरु खारेज गर, नगरपालिकाको इनधन व्यवस्थित गर र हरेक वडामा समान स्तरको बजेट विनियोजित गर” सहितका ६ सुत्रिय माग राख्दै गत चार दिन देखि कार्यालय अवरुद्ध बनाएर धर्नामा बसेको बताए ।


यस्तै कटहरिया नगरपालिकाको उपमेयर रितादेवी यादवको नेतृत्वमा जनप्रतिनिधिहरुले मेयर अजयप्रकाश जयसवाल माथि भ्रष्टाचारको आरोप लगाउँदै कटहरिया नगरपालिकामा तालाबन्दी गरेर जनप्रतिनिधिहरु खबरदारीमा उत्रेका छन् ।
उपमेयर रिता देवी यादवको नेतृत्वमा आएको जनप्रतिनिधिको टोलीले सोमवार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । उक्त तालबन्दी मंगलवार पनि जारी राख्दै जनप्रतिनिधिहरु आज बिहानै देखि कार्यालयको प्राङ्गणमा बसेर खबरदारी सुरु गरेका हुन् ।
खबरदारी टोलीमा उपमेयर यादव, वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल गुप्ता, ७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापती शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्व वडा अध्यक्ष उमेश यादव, वडा प्रत्याशी हरेन्द्र यादव सहितका जनप्रतिनिधिहरु सहभागी रहेको बताइएको छ ।


जनप्रतिनिधि तथा पार्टी प्रतिनिधि कार्यालय समय बिहान १० बजे देखि साँझ ५ बजे सम्म नगरपालिकाको प्रांगणमा बसेर उक्त खबरदारीको क्रममा उनीहरुले यो कुनै पार्टीको लड़ाई नभई नगर बचाऔं अभियान भएकाले सहयोग गर्न सम्पूर्ण नागरिक तथा कर्मचारी लाई आग्रह गरेका थिए । आफूहरुको माग सम्बोधन नभएसम्म नगरपालिकाको ताला नखोलिने थप सशक्त आन्दोलन गर्ने उनीहरूले चेतावनी दिए । जनप्रतिनिधिले तालाबन्दी गरेको बावजूद नगरपालिकाका अधिकांश कर्मचारी कार्यालय बाहिरै बसेर समय व्यतित गर्नुपर्ने बाध्यता सृजना भएको छ ।
करोडौ रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै हिसाब किताब सार्वजनिक गर्नुपर्ने माग सहित उपमेयर यादव सहितका जनप्रतिनिधिले मेयर जयसवालको कार्यकक्षमा तालाबन्दी गरेको छ । बिभिन्न ८ बुन्दे माग गर्दै उपमेयर यादव सहितका जनप्रतिनिधिको टोलीले कर्मचारीलाई कोठा बाहिर निकालेर छुट्टाछुट्टै फाँटहरुमा तालाबन्दी गरेको नगरपालिका श्रोतबाट बुझिएको छ ।
नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत देखि खटिदैआएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा रकम खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।


त्यस्तै बिगतमा नगरक्षेत्र भित्र हैन्डपाईप जडानमा छुट्याईएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विद्युत पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जमा गराई सम्झौता गर्नुपर्ने, आर्थिक बर्ष २०७९–०८० को केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघ संस्था बाट आएको योजनाको प्रगती बिवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी, करार, डोर हाजिरी फर्मको संख्या, नाम ठेगाना सहित, उनीहरूको तलबमानको बिवरण, तथा भुक्तानी बारे लिखित जानकारी गराउन माग गरिएको बताइएको छ ।


मेयर जयसवालले करार कर्मचारी, डिजल पेट्रोल, कर्मचारीको खाजा लगायत बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ अनियमितता गरिरहेको आरोप लगाएका थिए । १८ गतेको सूचना अनुसार पुस २३ गते भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जयसवाल, प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह सहित अनुपस्थित रहेको उपमेयर यादवले बताईन । एकातर्फ मेयर जयसवाल र प्रमुख प्रशासकीय अधिकृत सिंह बैठकमा सहभागी नहुनु र अर्को तर्फ मेयरको मानिस हिँउदे अधिवेशनको लागि कार्यपालिका सदस्यहरुको घरघरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरुगरेकाले मेयरको नियत ठीक नरहेको उपमेयर यादवले गम्भीर आरोप लगाइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।