बिराटनगर, २५ पुस । राष्ट्रिय एकता अभियानका संयोजक बिनय यादबले चीन अहिले आफनो प्रभुत्वलाई विश्वभर विस्तार गर्ने रणनीतिक अपनाएको रहेको गम्भीर आरोप लगाए ।
राष्ट्रीय एकता अभियान बिराटनगरद्वारा आयोजित ’राष्ट्रिय स्वाधीनता, बिआआरआई को ऋणजाल रÞ पोखरा अन्तरराष्ट्रिय विमानस्थल’ विषयक अंतरक्रिया कार्यक्रम बोल्दै संयोजक यादवले उक्त गम्भीर आरोप लगाएको हो । चीनले आफ्नो निहित स्वार्थ अन्तर्गत अघि सारेको बेल्ट एण्ड रोड पहलको ऋणजालमा पोखरा अन्तरराष्ट्रिय विमानस्थल फस्दै गएकोमा चिन्ता व्यक्त गरे ।
यादवले भने, “अफ्रिकी मुलुकहरु, श्रीलंका र पाकिस्तान चिनियाँ बेल्ट एण्ड रोड परियोजनाको ऋण जालमा यस अघि नै फसिसकेका छन् भने पछिल्लो समय यस सूचीमा नेपाल पनि थपिएकोमा दुख व्यक्त गरे ।
चिनियाँ सरकारले प्रस्ताव गरेको ठूलो पूर्वाधार परियोजना बीआरआईले एसिया, युरोप र अफ्रिकालाई सडक, रेलमार्ग, बन्दरगाह र अन्य पूर्वाधार परियोजनाहरूको सञ्जाल मार्फत जोड्ने लक्ष्य राखेको भनेपनि यसले सहभागी विकासोन्मुख देशहरूलाई ऋणको जालमा पारी उनीहरूको स्वाधीनता माथी हस्तक्षेप गर्ने गरेको यादवको भनाई छ ।
प्राध्यापक राजेन्द्र गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रममा संबिधान सभाका सदस्य बिपी यादव अभियानका प्रवक्ता जीवन साह, समाज सेवी अरुण शर्मा, डॉ महादेव भगत, सत्यनारायण साह, आभा फाउंडेशनकी संस्थापिका आभा अनुपमा, बिराटनगरका क्रांतिकारी नेता उमेश यादव लगायतले चीनका ठूल ठुला परियोजनाहरू मार्फत साना मुलुकहरुलाई ऋणजाल फसाई रहेको गम्भीर आरोप लगाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन