सर्लाही, २६ पुस । बालिका संग यौन दुराचारी गरेको आरोपमा पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई सर्लाही प्रहरीले विहिवार विहान सर्लाही अदालत समक्ष पेश गरेका छन् ।
लिटिल बुद्धबाट ख्यात प्राप्त रहेका बम्जनले अनुयायीहरुको चलखेलमा खडा विभिन्न जिल्लामा खडा गरिएका आश्रमहरुमा बालिकाहरु संग यौन दुराचार गर्ने, मानिस वेपत्ता पार्ने लगायतका गैरकानुनी कार्यमा संलग्न रहेको आरोपमा लामो समय देखि प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका बम्जनलाई सीआईवीले मंगलवार अवेर साँझ पक्राउ गरेर आवश्यक कारवाहीको लागि बुधवार राति सतहमार्गबाट सर्लाही सदरमुकाम मलंगवा ल्याइयो ।
रातभरी जिल्ला प्रहरी कार्यालयको हिरासतकक्षमा रहेका तपस्वी मानिएका बम्जनलाई आज विहान अदालत खुल्ने वित्तिकै निजलाई सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत मलंगवामा प्रहरीले पेश गरे ।
यौन दुराचार एवं हत्या वेपत्ताको आरोपित बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कडा सुरक्षा बीच बम्जनलाई बुधबार राति मलंगवा ल्याए । उनलाई बुधवार प्लेन मार्फत जनकपुर वा सिमरा हुँदै ल्याउने तयारी थिए तर प्रतिकुल मौसमको कारण सडक मार्गबाट गएराति २ बजेको समयमा मलंगवा ल्याएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइयो ।
बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्वर १२ का ३० बर्षिय बम्जन विरुद्ध सर्लाही वागमती नगरपालिका वडा नम्व्र १२ की १८ बर्षीयाको आमाले किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय मलंगवामा २०७६ माघ २३ गते दर्ता गराएका थिए । पीडिताको आमाले दिएको जाहेरीमा बलात्कार गरेको गम्भीर आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालयमा “यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण” मुद्दामा बम्जन विरुद्ध २०७७ साल असार २१ जिल्ला अदालत मलंगवाले पक्राउ पुर्जी जारी गरेका थिए ।
जिल्ला अदालत सर्लाहीको ४ नम्वर इजलासमा बम्जनलार्ई पेश

यौन दुराचार गरेको कसुरमा लिटिल बुद्ध भनेर नाम कमाएका रामकुमार बम्जनलाई जिल्ला अदालत सर्लाहीको ४ नम्वर इजलाशमा पेश गरिएको छ । ४ नम्वर इजलाशका माननिय न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासमा बहस एवं आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको अदालत श्रोतबाट बुझिएको छ ।
लिटिल बुद्ध बम्जन विरुद्धको अभियोग पत्र यस प्रकारको छ ?
यौन दुराचार गरेका अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्ति समेत मागदावी सहित अभियोग पत्र दायर गरेको जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बताए । बालबालिका सम्बन्धी ऐन, २०७५ को ६६ को ३ ले यौन सन्तुष्टि प्राप्त गर्ने बालबालिकालाई प्रयोग गर्ने गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर गर्यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन वमोजिम जवरजस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुने छ भन्ने तथा त्यही मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ ग बमोजिम जिल्ला सरकारी वकिल कार्यालयले अभियोग लगाएको छ । १४ वर्ष भन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैद हुनसक्ने कानूनी प्रावधानलाई आधार बनाएर जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोजन पत्र दायर गरेको छ ।
“जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले सर्लाही जिल्ला अदालतमा बम्जन विरुद्ध दायर गरेको अभियोजन पत्रमा “प्रतिवादी राम बहादुर बम्जन भन्ने रामलाल बम्जनले १४ वर्ष भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिकालाई यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गर्ने उक्त कार्य बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) (ज) बमोजिमको र प्रतिवादीहरु तोप्चेङ महात्मा गुरु भनी चिनाउने ज्ञान कुमार बम्जन र जे.बी. गुरु भन्ने जीत बहादुर तामाङले कसुरदारलाई भगाउने, लुकाउने गरेको कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ (१) र (२) बमोजिमको कसुर गरेको वारदात पुष्टि हुन आउँछ ।”
अदालत परिसर बाहिर बम्जनका अनुयायीहरुको भिड

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन