काठमाडौं, २७ पुस । सर्लाही जिल्लामा विभिन्न पार्टी परित्याग गरेर जनमत पार्टीमा प्रवेश गर्नेहरुको लर्को लागेका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्वर २ को कौंडेना गाउँपालिका घर भएकाहरु काठमाडौंमा शुक्रवार आयोजित पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न पार्टीहरु परित्याग गरेर आएका नेता एवं कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा खास गरेर नेपाली काँग्रेस, जसपा, लोसपा, माओवादी लगायतका विभिन्न पार्टी छाडी दर्जनौ नेता एवं कार्यकर्ताहरु जनमतमा प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष राउतले फुलमाला लगाएर स्वागत गरे । जनमत पार्टीका केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जिल्ला इन्चार्ज श्रीचन यादव, केस राकेश मिश्र, संघिय मन्त्री अनिता साहको रोहवरमा पार्टी अध्यक्ष राउतले पार्टी प्रवेश गरेकालाई सदस्यता प्रदान गरे ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट