नेपाल प्रेस युनियन रौतहट प्रथम जिल्ला भेला डाबरीमा सम्पन्न

71 Shares

लालबहादुर पुरीको नाममा ११११११ रुपैयाको अक्षयकोष स्थापना गर्ने निवर्तमान अध्यक्ष यादवराज पुरीद्वारा घोषणा

रौतहट, २९ पुस । नेपाली काँग्रेसको शुभेक्छुक संस्था नेपाल प्रेस युनियन रौतहट शाखाद्वारा आयोजित प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित जिपी (गिरीजाप्रसाद) उद्यान पार्कमा शनिवार नेपाल प्रेस युनियन रौतहट शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको हो ।
सम्पन्न प्रथम भेलामा अगामी दिनहरुमा संगठनलाई अझ सुदृढ बनाउन बिभिन्न एजेण्डाहरुको बिषयमा गहन छलफल भएका थिए । प्रेस युनियन रौतहट जिल्लाको सबै भन्दा पुरानो संगठन भएपनि विभिन्न कारणबस यसैबाट निस्किएर विभिन्न संगसंगठनमा आवद्ध भएपछि युनियनको अवस्था विस्तारै पातलिदै गएको हुँदा यसको संगठन विस्तारमा ध्यान दिई प्रेस युनियनलाई सबैको आफनो बनाउने प्रयासमा अग्रसर हुनुपर्ने जोश र जागरका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
युनियनको जिल्ला भेलामा निवर्तमान अध्यक्ष यादवराज पुरीले आफ्नो स्व. बुवाको सम्झनामा लालबहादुर पुरीको नामबाट एक लाख ११ हजार एक सय ११ रुपैया (१,११,१११ ) को अक्षयकोष स्थापना गर्ने घोषण गरे । उक्त पुरस्कार रौतहट जिल्लामा बसेर पत्रकारिता गर्ने युनियन वा संगठन बाहिरका पत्रकारलाई दिने घोषणा गर्दै आउदो समयमा उक्त पुरस्कारको राशी कति हुने हो सर्वाधिकार पुरी परिवारलाई रहने कुराको जानकारी युनियनका जिल्ला अध्यक्ष प्रिमेश शिवाकोटीले जानकारी दिए ।
भेलाको प्रमुख अतिथिमा नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य शिव पुरी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सञ्जय कार्की, सस्थापक जिल्ला अध्यक्ष रत्न अधिकारी, प्रेस युनियन मधेस प्रदेश लेखा समिति सयोजक रञ्जन खरेल, युनियनका संस्थापक सदस्य एवं वरिष्ठ पत्रकार प्रभातकुमार झा, कटहरिया नगरपालिकाको प्रेस सल्हाकार प्रकाश श्रेष्ठ लगायतका युनियनका कार्य समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको नेपाल प्रेस युनियनका सचिव सागर हुमागाईले बताए ।
जिल्ला भेलामा उपस्थित रहेका युनियनकर्मीहरुलाई ट्रयाकसुट वितरण गरिएको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।