लागु औषध सहित एक अनलाईनको संचालक सहित २ जना पक्राउ

   भदौ १, २०७८  
519 Shares

तराई टप संवादादता
रौतहट, १ भदौ । लागु औषधको ओसारपसार गरिरहेको आरोपमा अनलाइन संचालक सहित २ जनालाई प्रतिबन्धित लागु औषध सहित रौतहट प्रहरीले सोमवार राति पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले गौर नगरपालिका स्थित नेपाल बैंक रोडमा गए राति प्रहरीले रौतहट एक्सप्रेस नामक अनलाईन संचालन गर्ने इशनाथ नगरपालिका ८ का मोहम्मद मोजिबुल्लाह संगै राजपुर नपा ७ का शेख गुलाव भन्ने शेख अतिउल्लाहलाई प्रतिबन्धित नाइट्रोभेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको साथबाट १ सय ५ थान नाइट्रोभेट नामक लागुऔषध बरामद भएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमरियाले बताए । पक्राउ परेका मध्ये मो. मोजिबुल्लाह रौतहटबाट संचालन हुने रौतहट एक्सप्रेस अनलाईन समाचारको संचालक रहेको उनले भने ।
जिल्ला अदालतको पछाडी बाट नेपाल बैंक जाने सडकमा प्रहरीले बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा उक्त लागुऔषध बरामद भएपछि दुवै जनालाई हिरासतमा राखेर आवश्इक अनुसन्धान भईरहेको तथा उनीहरु माथि लागु औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाईएको जानकारी दिए ।
पछिल्लो समयमा अनलाईन पत्रकारिताको आडमा विभिन्न अबैध गतिविधिहरु संचालन, लागु औषधको कारोवार, लगायतको समाजले पचाउन नसक्ने जस्ता कार्यहरु गर्दै रौतहटको पत्रकारितालाई बदनाम गर्न कुनै कसर बाकी राखिएको छैन । गाउँघरमा जुनसुकै गतिविधिमा संलग्न भएका व्यक्तिहरु समाजिक संजाल पत्रकारिताबाट जिवकोपार्जन गर्नमा यस्ता समाजले पचाउन नसक्ने गतिविधिमा संलग्न भईरहेको गएराति पक्राउ परेकोबाट पुष्टि गरिदिएको छ ।
पत्रकारितामा बढ्दै गएको विकृति एवं विसंगतीबाट सिंगो पत्रकारित क्षेत्रमा कार्यरत सवैको प्रतिष्ठा माथि आँच आईरहेको हुँदा नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकारिताको आचारसंहिता जानकारी नभएको, लेखन क्षमता नभएकोहरुलाई दक्ष प्रशिक्षकबाट तालिमको व्यवस्थापन गराई उनीहरुलाई आचार संहिता सहितको लेखन शैलीलाई विकासित गराउनु पर्ने पहिलो प्राथमिकता दिएर तालिमहरु संचालन गर्नुपर्ने अन्यथा फेसबुक एवं समाजमा वेरोजगार व्यक्तिहरु पत्रकारिता पेशालाई अपनाउदा यस्ता विकृतिहरु आउने वेर लाग्दैनन् । नेपाल पत्रकार महासंघ सुदृद्ध भएर सकारात्मक कदम चाल्नुपर्ने तराई टप ले जोडदार रुपमा माग गर्दछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै