मेसु विवाद उच्च अदालतमा रहदा प्रादेशिक अस्पताल गौर लथालिंग अवस्थामा, सम्बध निकाय मौन
रौतहट, ४ माघ । प्रादेशिक अस्पताल गौरमा कार्यरत चिकित्सकहरुले विगत तिन महिना देखि तलव भत्ता लगायत ओभरटाइमको रकम पाउन नसकेकोमा आउदो ७ गते देखि सेवा अवरुद्ध गर्ने भन्दै सामुहिक रुपमा निवेदन दिई सम्बध निकाय समक्ष अल्टिमेटम दिएका छन् ।
प्रादेशिक अस्पताल गौरमा कार्यरत ११ जना चिकित्सकहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर प्रादेशिक अस्पताल गौरका निमित्त मेसुलाई दिएको निवेदनमा विगत तिन महिना देखि अस्पतालमा कार्यरत चिकित्सकहरु तलव भत्ता, ओभरटाइम, रात्रिकालिन सेवा वापत, सहित विभिन्न सुविधा वापतको रकमको लागि पटक पटक ताकेता गर्दा साता दिन, १५ दिन र महिना दिन वितिसक्दा पनि पारिश्रमिक वापतको रकम पाउन नसकेको गुनासो गर्दै निवेदन दिएका हुन् ।
अस्पताल प्रशासन एवं व्यवस्थापन पक्षबाट लिखित रुपमा निर्णय नआउदा बाध्य भएर आउदो माघ ७ गते देखि हामी अस्पतालमा कार्यरत चिकित्सकहरु सेवा सुविधा दिन असक्षम रहेका छौं त्यसबाट विरामीहरुलाई पर्ने असुविधाको सम्पूर्ण जिम्मेवार प्रादेशिक अस्पताल गौर प्रशासन हुने निवेदन मार्फत चेतावनी दिएका छन् ।
डा. फिरोज कन्सल्टेन्ट सर्जन, डा. उज्जवल ठाकुर कन्सल्टेन्ट एनेस्थेसिया, डा. विक्रान्त महतो कन्सल्टेन्ट अर्थोपेडिक, डा. गोपाल गुप्ता एमडीजिपी, डा. सरिता झा कन्सल्टेन्ट पिडिया, डा. अनिताकुमारी चौधरी मेडिकल अधिकृत, डा. रन्जन ठाकुर मेडिकल अधिकृत, डा. परसुराम यादव मेडिकल अधिकृत, डा. चन्दनकुमार सहनी मेडिकल अधिकृत, डा. शेखर जयसवाल मेडिकल अधिकृत र डा. नविनसागर यादव विडिएस सहितको ११ जना चिकित्सकले संयुक्त रुपमा हस्ताक्षर गरेर निमित्त मेडिकल सुप्रिडेन्टलाई निवेदन दिएको बताइएका छन् ।
उक्त निवेदनको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश, स्वास्थ्य निर्देशनालय मधेश प्रदेश, जिल्ला प्रशासन कार्यालय रौतहट, स्वास्थ्य सेवा विभाग टेकु र स्वास्थ्य मन्त्रालय रामशाह पथ काठमाडौंलाई पठाएर जानकारी गराइसकेको बताइएको छ ।
प्रादेशिक अस्पताल गौरमा मेडिकल सुप्रिडेन्ट पदको विवाद उच्च अदालतमा वेचाराधिन अवस्थामा रहेको कारणले चिकित्सक लगायत अन्य कर्मचारीहरु तलव लगायत विभिन्न सेवा सुविधा वापतको रकम पाउनबाट बंचित रहनुपरेको अस्पताल श्रोतबाट बुझिएका छन् । मेसु कृष्णा साह आएपछि कर्मचारीहरुले पाउनुपर्ने तलव भत्ता असोेज सम्म पाइसकेको भएपछि डा. संजिव सिंहले जुनियरलाई मेसु बनाएको भन्दै कामकाज माथि रोक लगाउन भनेर उच्च अदालत विरगञ्जमा दिएको रिटको कारण अहिले प्रादेशिक अस्पताल गौरमा प्रशासनिक एवं आर्थिक कारोवार पूर्ण रुपमा ठप्प हुँदा गौर अस्पताल लथालिंग अवस्था पुगेको ति श्रोतले बताए ।
उच्च अदालतले पनि समयमा फैसला नगर्दा प्रादेशिक अस्पताल गौरको अवस्था निकै दैनिय बन्दै गएको अस्पताल श्रोतबाट बुझिएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन