बंकुलको बस दुर्घटना चालकको मृत्यु ८ घाइते

702 Shares

रौतहट, ३ भदौं । पथलैया हेटौडा सडक खण्डको चुरिया माई मन्दिर नजिक ओरालोमा यात्रुबाहक बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ८ जना यात्रु घाईते भएका छन् ।
काठमाडौं बाट रौतहटको बंकुलतर्फ आउँदै गरेको ना ६ ख ४६४१ यात्रुबाहक बस दुर्घटना हुँदा हेटौडा उपमहानगरपालिका ८ कमाने बस्ने ४९ बर्षिय चालक धर्मराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय वाराले जनाएका हुन् ।
चुरिया माई नजिकको ओरालोमा बसको व्रेक फेल भएर उक्त दुर्घटना हुँदा बस चालक रेग्मीको चुरेहिल अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु भएको छ । ब्रेक फेल भएर बस अनियन्त्रित हुँदा हेटौंडा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिन दिएको थियो । दुर्घटनामा परी घाइते भएका बारा कोल्हवी नगरपालिका ११ का २२ वर्षीय बिहारीलाल चौधरीको अवस्था गम्भीर रहेको डिएसपी गौतम मिश्रले जानकारी दिए ।
डिएसपी मिश्रको अनुसार मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–२ चौकी टोल बस्ने ३५ वर्षीये इन्द्रबहादुर कार्कीको अवस्था भने सामान्य रहेको छ । चुरेहिल अस्पतालमा उपचाररत बारा कोल्हवी– ११ का २१ वर्षीय सुरज चौधरी, २८ वर्षीय राम प्रवेश रामको अवस्था सामान्य छ ।
यसैगरी कोल्हवी २ का ५७ वर्षीया देवकी पन्त र रौतहट विजयपुर नगरपालिका– १ का ३४ वर्षीय गान्धी दासको अर्थोपेडिक अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।
बसमा चालक सहचालक गरी २८ जना यात्रु सवार रहेको वारा प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार