रौतहटको वनक्षेत्रमा तस्करको रजगज, रुख फडानी हुँदा वनको अस्तित्व शंकटमा

तराई टप संवाददाता
चन्द्रपुर (रौतहट), ४ भदौं । रौतहट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्रको विभिन्न स्थानहरुमा वन जंगल फडानी गरेर अतिक्रमण गर्ने कार्य भईरहेको छ ।
राष्ट्रिय वन अन्तर्गत पर्ने चन्द्रपुर नपा ३ अरुणवस्ती, भोलेन्टार, गैडाटारको महादेव डाडा, तोरीवारी, इपलीबस्ती, फुलवारी, हिलेखोला पौराई लगायतको वन जंगल क्षेत्रमा रुखहरु व्यापक रुपा फडानी गरेर अतिक्रमण गर्ने कार्य भईरहदा पनि डिभिजन वन कार्यालय चन्द्रपुरबाट ठोस रुपमा नियन्त्रणको प्रयास नहुँदा अतिक्रमण गर्नेहरुको मनोवल बढ्दै गएको हो ।
वन जंगलको संरक्षण एवं सम्बर्धन गर्न जिम्मेवारी लिएर बसेका डिभिजन वन कार्यालय चन्द्रपुरको कर्मचारीकै मिलोमतोमा काठ तस्करी देखि लिएर वन अतिक्रमण भईरहेको वन श्रोतबाट जानकारी दिएको छ । श्रोतका अनुसार नियमित गस्ती वन्द भएको, दिन दिनै वनबाट रुख काटि बाहिरीदै गर्दा समेत नियन्त्रणमा नलिनु, दिउसै ट्रेक्टर लिएर वन क्षेत्रमा प्रवेश गर्नु जस्ता कार्यबाट कर्मचारीको मिलोमतो प्रमाणित हुन्छ ।
वन क्षेत्रहरुमा चरिचरणको साथै रुख काट्ने प्रवृति पछिल्लो समयमा बढेर गएको पाइएका छन् । राजमार्ग भन्दा उत्तर तर्फ चुरे संग जोडिएका वन क्षेत्रमा वन कर्मचारीको उपस्थिति शुन्य हुँदा राष्ट्रिय वन सम्पदा अतिक्रमणको चपेटामा पर्दै गएका छन् । पछिल्ला केही साता देखि अरुण बस्ती लगायतका क्षेत्रमा फडानी गरी ट्रेक्टरमा काठ लोड गरेर धनसार खोला हुँदै गएको यथेष्ट प्रमाणहरु फेला परेको स्थानीय बासिन्दाहरुले बताए ।
वन जंगलको संरक्षण एवं सम्बर्धन गर्न जिम्मेवारी लिएर बसेका डिभिजन वन कार्यालय चन्द्रपुरको कर्मचारीकै मिलोमतोमा काठ तस्करी देखि लिएर वन अतिक्रमण भईरहेको वन श्रोतबाट जानकारी दिएको छ । श्रोतका अनुसार नियमित गस्ती वन्द भएको, दिन दिनै वनबाट रुख काटि बाहिरीदै गर्दा समेत नियन्त्रणमा नलिनु, दिउसै ट्रेक्टर लिएर वन क्षेत्रमा प्रवेश गर्नु जस्ता कार्यबाट कर्मचारीको मिलोमतो प्रमाणित हुन्छ ।
विगत डेढ बर्ष देखि नेपालमा कोरोना भईरसले गर्दा कर्मचारीहरु वन क्षेत्रमा नियमित गस्ती बन्द गरेपछि अतिक्रमण होवातै बढेर गएको ति श्रोतले दाबी गरे । अतिक्रमण एवं कटानको यही अवस्था रहीरह्यो भने रौतहटबाट राष्ट्रिय वनको अस्तित्व समाप्त हुने चिन्ता ति श्रोतले व्यक्त गरे ।
चुरे मधेशलाई अन्न भण्डारणको क्षेत्रमा मानिएका उर्वर बस्तीहरु वन जंगलको विनाश भई अतिक्रमण हुँदा बर्षेणी आउने बाढी पहिरोको उच्च जोखिममा रहेको तथा अतिक्रमणको अवस्था यही रहयो भने आउदो समया यहाँको उर्वर भुमीहरु मरुभुमीमा परिणत हुने वेर नलाग्ने नेपाली काँग्रेस महासमिति सदस्य श्यामचन्द्र झाले आशंका व्यक्त गरे ।
त्यती मात्रै नभई बर्षेणी राष्ट्रपति चुरे संरक्षणको नाममा १ करोड भन्दा बढि रकम आउने गरेको छ तर संरक्षणको अभाव त्यतीकै हुँदा कार्यक्रम फलदायी हुन नसकेको उनले गुनासो गरे । वृक्षारोपन गरिने, विरुवा हुर्कियो कि हुर्किएन त्यसको चासो नराख्ने कार्यबाट बजेट मात्रै खर्चिने सो अनुसारको प्रतिफल नआउने गरेको हुँदा चुरे राष्ट्रपति कार्यक्रम ओझेलमा पर्दै गएको अधिकाँश स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।
डिभिजन वन कार्यालय चन्द्रपुरको निमित्त प्रमुख अमरदेव यादवले आफूले भ्याए सम्मको गस्ती गरिरहेको दावी गर्दै अतिक्रमण तथा रुख फडानी गर्नेहरुलाई वेला वखतमा नियन्त्रणमा लिई कारवाही गरेको दाबी गरे ।