रौतहट, ७ माघ । भारतको अयोध्या स्थित भगवान रामको मन्दीरको भोली अर्थात माघ ८ गते सोमवार हुने प्राण प्रतिष्ठालाई लिएर नेपालमा बसोबास गर्ने सनातनीहरु कलश यात्रा निकाल्दै विविध कार्य गरेर हर्षौल्लासका साथ मनाउने कार्य प्रारम्भ भएका छन् ।
गौर नगरपालिका वडा नम्वर ५ स्थित राममन्दीरको भोली हुने प्राण प्रतिष्ठालाई लिएर आज निकालिएको कलश यात्रामा गौर नगरको मेयर शम्भु साह कानु सहित नगरवासी महिला एवं पुरुषहरु हर्षोल्लासका साथ कलश यात्रामा सहभागी भएका हुन् ।
पवित्र जलाशयबाट जल लिएर आउने कार्यक्रममा नगरप्रमुख साहको सहभागीताबाट नगरवासीमा खुशी छाएको छ, जताततै भगवान रामको झण्डाहरु लिएर राम भक्तहरु गौर नगरलाई राम मय बनाएका छन् ।

यस्तै दुर्गा भगवतीको प्रत्येक घरमा राम राम लेखिएको झण्डाहरु झुण्डयाएर पालिकालाई राम मय बनाइएका छन् । राममन्दीर सहित विभिन्न मन्दीरहरुमा युवाहरु सर सफाईको साथै रामनामको धुनमा मत्सरी राम मन्दीर आज दिउसोबाट २४ घण्टे अष्टयाम सुरु गरिएको स्थानीय युवा एवं समाजसेवी रामभरोस झाले बताए ।
यस्तै भलौहियाको राम मन्दीर, चण्डी मन्दीर लगायतको स्थानलाई आकर्षक ढंगबाट सजाइएर राम नामको धुनले दुर्गा भगवती गाउँपालिका राम मय बनेको स्थानीय भलोहियाका बसिन्दा बेदानन्द ठाकुरले जानकारी दिए ।
राजदेवी, इशनाथ, कटहरिया, राजपुर, बौधीमाई, माधवनारायण, गरुडा, गढीमाई, परोहा, चन्द्रपुर, वृन्दावन, मौलापुर लगायतका नगरपालिकाहरुमा पशुपंक्षीहरुको बध, माछामासु सहित मदिरा जन्य बस्तुहरुको विक्री वितरणमा रोक लगाइएको छ । उक्त सुचनाको अटेर गरेर त्यस्तो कार्य गरेमा स्थानीय तहको ऐन कानुन अनुसार कानुनी कारवाही गरिने समेत पत्र मार्फत सर्वसाधारणमा सुचना प्रवाहित गरिसकेका छन् ।
जिल्लाको प्रत्येक पालिकामा रामनामको धुनबाट रौतहट जिल्ला उत्साहित बनेका छन् । मित्र राष्ट्र अयोध्यामा राम मन्दीरको प्राण प्रतिष्ठा रहेपनि नेपाल भारत दुई देशको सीमाबाट नेपाली जनताहरुलाई कुनै छेकवार गरेको देखिदैनन् । आफै नेपाली सनातनीहरु सबै मानविय सिमालाई नाध्दै राम मय बनेकोमा हिन्दु धर्मप्रतिको चाहनालाई नेपाली सरकारले विचार पुर्याउनुपर्ने रामभक्तहरुको चाहना रहेको बताइएको छ । भगवान रामको मन्दीरलाई भोली हुने प्राण प्रतिष्ठाको मध्यनजर राख्दै आज र भोली वेलुका भव्य एवं सभ्य रुपमा दिपावली गरेर मनाउने जनाइएको छ
तस्वीर फिचर




बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन