श्रोत नखुलेको भारतीय रुपैया सहित २ नेपाली नागरिक पक्राउ

651 Shares

तराई टप संवाददाता
रौतहट, ४ भदौं । सिमापारी भारतबाट श्रोत नखुलेको भारतीय रुपैया सहित २ जना नेपाली नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको इशनाथ नगरपालिकको वडा नम्वर १ बन्जरहा गाउँ भन्दा पूर्व लाल बकैया नदीको बाँध भएर भारतबाट बा . ३९ प. १६९१ नम्वरको मोटरसाइकलमा सवार भएर आउदै गरेको अवस्थामा सिमा प्रहरी चौकी बन्जरहाले बुधवार साँझ ७ बजेको समयमा रोकेर चेकजाँच गर्दा पाँच सय, एक सय र पचासको नोट गरी एक लाख ८३ हजार पाँच सय भारतीय रुपैया सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरी शुक्रवार सार्वजनिक गरे अनुसार गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया घर भएको बर्ष ३० को सुखाडी सहनी र गरुडा नगरपालिका वडा नम्वर १ जयनगर घर भएको बर्ष ३५ को अनिल भन्ने विकास साहलाई श्रोत नखुलेको भारतीय रुपैया सहित पक्राउ गरिएको डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।
भारतीय रुपैया १ लाख ८३ हजार ५ सय, मोटरसाइकल तथा दुवै जनालाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई जिम्मा लगाएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार