जयपुरमा पनि भगवान राम ललाले पाए आफनो घर

84 Shares
राधेश्याम कुशवाहा,
गोडैता (सर्लाही), ८ माघ । सर्लाही जिल्लाको गोडैता नगरपालिकाको जयपुर गाउँमा बर्षौ देखि निजी जग्गामा रहेका मन्दीर रामकै नाममा पास गरेपछि भगवान राम ललाले अन्यत्र घर पाएका छन् ।
 गोडैता नगरपालिका वडा नम्वर २ जयपुरमा भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको शुभ अवसरमा निजी जग्गामा रहेका राम मन्दिरलाई अन्य बनाउन करिव ३० लाख मूल्य बराबरको जग्गा स्थानीय रामनारायण महतोले दान गरेपछि भगवान राम ललाको घर स्थानीयहरुले रातारात बनाइदिएपछि उनले आफनै घर पाएका हुन् । पुर्खाहरुको समयदेखि नै मन्दिर निजि जमिनमा रहिआएको स्थानीय अन्दाजी ९२ बर्षिय बृद्ध रामचन्द्र महतो बताउँछन्  । बर्षाैदेखी निजि जमिनमा रहेको मन्दिरले आफनै जग्गा पाएपछि उहाँले खुशी व्यक्त गरे ।
महतोका अनुसार आफु बाल्यकाल देखि नै मन्दिर साविक ठाउँमा रहेको थियो तर जमिनदाताका आफन्त तथा नातिहरुले जग्गालाई मन्दिरको नाममा रजिस्ट्रेशन पास नगरेपछि मन्दिर अन्यत्र सार्वजनिक ठाउँमा सार्नुपर्ने स्थानीय स्तरमा आवाज उठदै आएको थियो ।
स्वर्गीय भगवान महतोले आफनै जमिनमा मन्दिर निर्माण गरेको स्थानिय किशोरी महतोले बताए । उनको मृत्यु पश्चात स्थानीयवासीहरुले उनको नाति तथा आफन्तलाई मन्दिरको जमिनलाई मन्दिरकै नाम पास गर्न ताकेता गर्दै आएको थियो । उनको आफन्तको चौथौ र पाचौं पुस्ता सम्म आईपुग्दा पनि उनिहरुले जमिन मन्दिरको नाममा पास गराउन असहमती जनाउदै आएका कारण अन्यत्र ठाउँमा राम मन्दिर सारिएको उनले भने ।
राम मन्दिरले आफनै जमिन पाएपछि मन्दिरका महन्थ रामस्नेही दास पनि अति नै प्रशन्न देखिए । उहाँसंग कुराकानी गर्दा खुशिले गदगद भएका महन्थ भगवानले आफनो घर बनाउन जग्गा पाएका खुशिलाई शब्दमा मार्फत बयान गर्न सकिरहेका थिएन ।
जयपुर राम मन्दिरमा महन्थ रामस्नेही १० बर्षकै कलिलो उमेरमा आएका थिए । महन्थका अनुसार गाउँमा विद्यालय निर्माण नहुदाकै समय त्यसबेला कक्षा २ भर्ना हुदादेखी यो मन्दिर पुर्व महन्थको चेलाको रुपमा बस्दै आएका उहाँपनि अहिले उमेरले ९० पार गरिरसकेका छन ।
बाल्यकालदेखि नै मन्दिरमा रामको प्रतिमालाई भगवान स्वरुप पुजा तथा सेवा गर्दै आएको उहाँ भगवान रामसंग नै जीवन र मरणको सम्बन्ध बनाएको छु, महन्थले बताए । जिउदो रहेसम्म राम मन्दिरलाई छोडेर अन्य मन्दिरमा नजाने शर्तमा रहेका थिए ।
शनिबार राती भएको बैठकमा महतोले राम मन्दिरको उदघाटनकै दिन मन्दिर सारिने शर्तमा जमिन दान दिन तयार भएको र आईतवारको बिहान १० बजे जमिन दिने अन्तिम टुंगो लागेपछि स्थानीयवासीले एकाएक ३–४ फिटको खाल्डो जमिनलाई डोजरले पुरेर रातदिन काम गरि मन्दिरका लागि काठको घर निर्माण गरेका हुन ।
मठका घर निर्माण तथा नवनिर्मित मठमा रामनाम जप सहितको पुजाका लागि गाउँवासीहरुले चन्दा उठाएर श्रमदान गर्नुको साथै काठ, बाँस, सिमेन्टको खम्बा, दुध, चामव, दाल लगायत पुजा सामग्री निशुल्क उपलब्ध गराएका छन ।
आज बिहान हजारौंका संख्यामा कुमारी कन्याबाट कलश यात्रा निकाली मन्दिर निर्माण स्थलमा पुजा पाठ सुरु गरिएको छ ।
मन्दिर स्थलको बाकी जमिनमा महारानी, ब्रम्ह् बाबाको मन्दिर निर्माणको तयारीमा स्थानीयवासी रहेका छन । यी मन्दिरहरु समेत निजि जमिनमा हुँदा समय समयमा पुजा गर्ने,  महारानी स्थानमा बलि दिने, ब्रम्ह् बाबा मन्दिर जाने बाटो नहुदा लगायतका विषयमा विवाद हुँदै आएको थियो ।
मन्दिर दर्शन गर्न आएका प्रदेश सासाद फकिरा महतोले मन्दिर निर्माणका लागि तत्काले २५ लाख बजेट विनियोजन गर्ने आश्वासन दिए । गोडैता नगरपालिकाका मेयर समेत दर्शन गर्न आउने कार्यक्रम रहेको मठ निर्माण समितिले जनाएको छ ।
अयोध्यामा राम मन्दिर उदघाटन तथा गाउँमा सार्वजनिक जमिनमा राम मन्दिर निर्माणको उपलक्ष्यमा गाउँवासीहरु घरघरमा भक्तहरूले व्रत बसेका छन भने गाउँ भरी हर्षाेउल्लासका दिपावली मनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।